२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः अफ्रिकाद्वारा अफगानिस्तान १०७ रनले पराजित



अ+ अ-

कराची: आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को समूह ‘बी’ अन्तर्गत तेस्रो खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले पराजित गरेको छ ।

कराचीस्थित नेशनल स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले अफगानिस्तानसामु ३१६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो।

दक्षिण अफ्रिकाका ब्याट्सम्यान रायन रिक्ल्टनले १०६ बलमा १०३ रनको शानदार इनिङ्स खेलेर ‘म्यान अफ द म्याच’ घोषित भए । यस्तै, कप्तान टेम्बा बाभुमा ५८, रस्सी भान डर डुसन ५२ तथा एडेन मार्करमले पनि ५२ रनको योगदान दिए ।

तर, ३१६ रनको ठूलो लक्ष्य पछ्याएको अफगानिस्तानको टिम ४३.३ ओभरमा २०८ रनमै समेटियो । ढिलो पिचमा अफगानी ब्याट्सम्यान रहमत शाहले ९० रनको उत्कृष्ट इनिङ्स खेले पनि अन्य ब्याट्सम्यानले ठूलो साझेदारी गर्न सकेनन् । दक्षिण अफ्रिकी तीव्र गतिका बलर र स्पिनरहरूले अफगानी ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । अफ्रिकी फिल्डिङ पनि निकै उत्कृष्ट थियो ।

दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिए भने लुंगी एन्गिडी र वियान मुल्डरले समान २/२ विकेट लिए । मार्को यान्सेन र केशव महाराजले पनि १/१ विकेट लिए ।

शनिबार लाहोरमा इंग्ल्याण्ड र अस्ट्रेलिया आफ्नो पहिलो खेल खेल्नेछन् । दिवारात्रि खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ । #क्रिकेट #च्याम्पियन्सट्रफी