३० असार २०८३, मंगलवार
,
Latest
गाजा शहरमा इजरायली हवाई आक्रमणः चार प्यालेस्टिनीको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु कान्ति लोकपथ अस्थायी रूपमा बन्द न्युयोर्कमा ‘नेपाली–अमेरिकन व्यापार तथा लगानी सम्मेलन २०२६’ घोषणा, नेपाल–अमेरिका आर्थिक सहकार्य विस्तारमा जोड हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादनको तयारी बाढी आउँदा विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द शंकास्पद गतिविधि कसले गरेको रहेछ ? धरान विद्युत् कार्यालयको गाडी दुर्घटनाः दुईको मृत्यु, एक घाइते बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिणकालीको वनमा डढेलो



फाईल फोटो
अ+ अ-

काठमाडौँ, । काठमाडौँको दक्षिणकालीको वन क्षेत्रमा डढेलो फैलिएको छ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझ ४, ५ बजेदेखि डढेलो लागेको बताउनुभयो । उहाँका अनुसार डढेलो निभाउने प्रयास गरिएपनि पूर्ण रुपमा निभाउन सकिएको छैन ।

हालसम्म नगरपालिकाको वडा नं ४, ३ र १ को जङ्गल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टर भन्दा बढी वनक्षेत्र जलिसकेको बताउनुभयो । अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन् ।

नगरप्रमुख बस्नेतले भन्नुभयो, “हिजो भन्दा डढेलो केही नियन्त्रणमा आएको छ तर ठूटामा सल्किएको आगो फेरि फैलिने डर कायमै छ ।” उहाँले सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना हाललाई टरेको बताउनुभयो । वडा नं ४ बाँसबारी क्षेत्रबाट आगो फैलिएको उहाँले जानकारी दिनुभयो ।