९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीय संसदबाट अध्यायदेश पारित हुन्छ: सचिव भट्टराई



सुर्खेतको वीरेन्द्रनगरमा प्रेस चौतारी नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना भनाइ राख्दै नेकपा (एमाले)का सचिव योगेश भट्टराई । तस्बिर: सुरेश आचार्य / रासस
अ+ अ-

कर्णाली । नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले संघीय संसदमा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित साक्षात्कारमा उहाँले अध्यादेश पारित गर्न संघीय संसदमा सत्ता गठबन्धनसँग बहुमत भएको दाबी गर्नुभयो ।

सचिव भट्टराईले भूमि, सामाजिक सञ्जालसम्बन्धी लगायतका सबै अध्यादेश पारित हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियसभा प्रतिनिधिसभा भन्दा परिपक्वहरुको थलो हो । त्यहाँबाट अध्यादेश पारित गर्छाँै र पारित हुने उपाय हामीसँग छ यद्यपि त्यसबारे अहिले नै म भन्न चाहान्न ।”

यसैगरी सामाजिक सञ्चालसम्बन्धीको विधेयक पूर्ववर्ति सरकारले ल्याएको जनाउँदै उहाँले यो विधेयक नियन्त्रणमुखी नभइ नियमनका लागि ल्याउन थालिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “विगतका सरकारले ल्याएको बजेट र योजनामा वर्तमान सरकारले काम छ ।”

उहाँले कर्णालीको पूर्वाधार विकासका लागि कर्णाली तथा भेरी करिडोर, मदन भण्डारी र मध्यपहाडी राजमार्गमा जोड दिइएको उहाँले बताउनुभयो ।