२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटिलाई पन्छाउँदै रियल च्याम्पियन्स लिगको अन्तिम १६ मा, एमबाप्पेको ह्याट्रिक



अ+ अ-

काठमाडौं । स्पेनी महारथी रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

गएराति भएको प्लेअफको दोस्रो लेगको खेलमा ईंग्लिश क्लब म्यान्चेस्टर सिटिलाई ३-१ गोलले हराउँदै समग्रमा ६-३ को नतिजासहित रियल अन्तिम १६ मा प्रवेश गरेको हो ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा रियललाई जित दिलाउन किलियन एमबाप्पेले ह्याट्रिक गरे । उनले खेलको ४, ३३ र ६१ औं मिनेटमा गोल गरेका हुन् ।

सिटिका निको गोन्जालेजले एक गोल फर्काए । पराजयसँगै सिटिको च्याम्पियन्स लिगको यात्रा यहिँ सकिएको छ ।