१ पुष २०८२, मंगलवार
,
Latest
डिजिटल युगमा प्रविधिले न्यायलाई सहयोग गर्नुपर्छ, प्रतिस्थापन होइनः न्यायाधीश सुवेदी राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले दिए राजीनामा, राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बन्ने नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन नेतृत्वले सन्तुलित भूमिका निर्वाह गर्नुपर्छ : विष्णु पौडेल एमालेको खुल्ला केन्द्रीय सदस्यमा बर्तौलाको उम्मेदवारी काव्य साँझः ‘कल्प’मा बाँसुरीको धुनसँगै गुन्जिए डा लम्साल बागमती प्रदेशसभा बैठक अनिश्चित मुस्ताङस्थित रानीपौवा बजार पर्यटनले गुल्जार भइरहँदा ‘झारकोट’ ओझेलमा रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंकामा ६ जना पक्राउ



अ+ अ-

काठमाडौं । कालिमाटी तरकारी बजारमा मृत फेला परेका व्यक्तिको हत्या आशंकामा प्रहरीले अनुसन्धानको लागि ६ जनालाई पक्राउ गरेको छ ।

बुधबार बिहान तरकारी बजारमा भरिया काम गर्दै आएका रामकृष्ण दाहाल मृत फेला परेका थिए । उनको मृत्यु शंकास्पद देखिएकोले प्रहरीले अनुसन्धानको लागि ६ जनालाई पक्राउ गरेको हो ।

मृतक दाहालको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले बताए । यसमा सीसीटीभी फुटेजको अध्ययन गरेर अनुसन्धान भईरहेको उनले बताए ।

तरकारी बजारका अन्य भरियासँग विवाद भएपछि हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।