१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बेनी–बाबियाचौर सडक खुल्यो News Polar साल्टट्रेडिङको सुपथ मूल्य पसलमा नुन र चिनी खरिद गर्न दाङमा उपभोक्ताको भीड News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लर भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती

मस्कको भूमिका प्रमुख कार्यान्वयनकर्ताका रूपमा ट्रम्पको व्याख्या

मस्कको भूमिका प्रमुख कार्यान्वयनकर्ताका रूपमा ट्रम्पको व्याख्या
अ अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राष्ट्रपति कार्यालयमा फर्केपछि जारी गरिएका कार्यकारी आदेशहरूको कार्यान्वयनमा टेक अर्बपति एलन मस्काको उत्साहको प्रशंसा गर्दै उहाँलाई आफ्नो प्रमुख कार्यान्वयनकर्ताका रूपमा चित्रित गर्नुभएको छ ।

फक्स न्युजमा प्रसारण गरिएको संयुक्त अन्तर्वार्तामा यी दुई व्यक्तिले एक अर्काको प्रशंसा गर्दै र ट्रम्पले आफ्नो कार्यकारी अधिकारलाई उछिन्दै गएको चिन्तालाई खारेज गर्दै पर्याप्त समय बिताउनुभयो ।

ट्रम्पले पछिल्लो तीन हप्तामा दर्जनौँ कार्यकारी निर्देशनमा हस्ताक्षर गर्नुभएको छ । तीमध्ये धेरै संविधान विपरीत हुनसक्ने भनेर अदालतहरूमा चुनौती दिइएको छ ।

सन् २०२४ को राष्ट्रपतिको चुनावी अभियानमा ट्रम्पका शीर्ष दाता रहेका अर्बपति मस्कलाई सङ्घीय खर्चमा ‘फजुल खर्च, धोखाधडी र दुरुपयोग’ उन्मूलन गर्ने घोषित लक्ष्यका साथ नवनिर्मित सरकारी दक्षता विभाग ९डिओजिई० को नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।

“डिओजिई टोलीको सबैभन्दा ठूलो कार्य भनेको राष्ट्रपतिको कार्यकारी आदेशहरू वास्तवमा कार्यान्वयन गरिएको सुनिश्चित गर्नु हो”, मस्कले फक्स न्युजलाई भन्नुभयो ।

अन्तर्वार्तामा ट्रम्पले आफ्ना नीतिहरू – सङ्घीय संस्थाहरूमाथि थोकमा आक्रमण समेत – बिना ढिलाई कार्यान्वयन गरिनुपर्ने कुरामा जोड दिनुभयो र मस्क तिनलाई अगाडि बढाउनमा महत्त्वपूर्ण रहेको बताउनुभयो ।

“तपाईं एउटा कार्यकारी आदेश लेख्नुहुन्छ र तपाईं सोच्नुहुन्छ कि यो सम्पन्न भयो, तपाईंले यसलाई पठाउनुहुन्छ, यो सम्पन्न हुँदैन । यो लागु हुँदैन”, ट्रम्पले भन्नुभयो ।

उहाँका अनुसार मस्क र डिओजिई टोली अब सङ्घीय कर्मचारी तन्त्रभित्र कसैको बाधा बिना उहाँको प्रशासनको एजेण्डा लागू गर्न प्रवर्तन संयन्त्र बनेका छन् – अन्यथा उनीहरूले जागिर गुमाउने जोखिम छ ।

“र कुनै व्यक्ति जसले शायद यो गर्न चाहँदैनथ्यो, एक्कासि उसले यसमा हस्ताक्षर गर्दैछ”, ट्रम्पले भन्नुभयो ।

जनताको इच्छा

फक्स अन्तर्वार्ता प्रसारण हुनुभन्दा केही घन्टाअघि मात्र ट्रम्पले एक व्यापक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो । उक्त आदेशले सङ्घीय नियामक निकायहरूमाथि सीधै ह्वाइट हाउसको नियन्त्रण विस्तार र सुदृढीकरण गर्ने प्रयास गरेको थियो ।

कानूनी चुनौतीहरूको सामना गर्नसक्ने यस आदेशले सिक्युरिटिज एन्ड एक्सचेन्ज कमिशन ९एसइसी० जस्ता एजेन्सीहरूलाई समीक्षाका लागि ह्वाइट हाउसमा नियामक प्रस्तावहरू पेस गर्न बाध्य पार्नेछ ।

“सङ्घीय सरकार वास्तवमै अमेरिकी जनताप्रति जवाफदेही हुनका लागि व्यापक कार्यकारी शक्ति प्रयोग गर्ने अधिकारीहरूलाई जनताद्वारा निर्वाचित राष्ट्रपतिद्वारा निरीक्षण र नियन्त्रण गरिनुपर्छ”, कार्यकारी आदेशमा उल्लेख छ ।

ट्रम्पको कार्यकारीको भूमिकामा मस्क हाँस्नुभयो, आफूलाई ‘टेक्नोलोजिस्ट’ भनेर वर्णन गर्नुभयो र अन्तर्वार्ताका लागि ‘टेक सपोर्ट’ लेखिएको टी–शर्ट लगाउनुभयो ।

मस्कले आफूले अमेरिकी राष्ट्रपति जस्तै व्यवहार गरिरहेको भन्ने आलोचनालाई खारेज गर्नुभयो । उहाँले ट्रम्पको क्याबिनेटका कुनै पनि सदस्य निर्वाचित नभएको र आफूले आफ्नो भूमिकालाई ट्रम्पको एजेण्डालाई सहज बनाउने रूपमा हेर्ने बताउनुभयो ।

“राष्ट्रपति जनताका निर्वाचित प्रतिनिधि हुन्, त्यसैले यसले जनताको इच्छाको प्रतिनिधित्व गर्दछ”, मस्कले व्याख्या गर्दै भन्नुभयो, “र यदि कर्मचारी तन्त्रले जनताको इच्छासँग लडिरहेको छ र राष्ट्रपतिलाई जनताले चाहेको कुरा कार्यान्वयन गर्नबाट रोकिरहेको छ भने हामी लोकतन्त्रमा नभई कर्मचारी तन्त्रमा बाँचिरहेका छौँ ।”

राष्ट्रपति एलन ?

ट्रम्प प्रशासनमा मस्कको प्रमुख भूमिकाले ह्वाइट हाउसमा वास्तवमा कसको नियन्त्रण छ भन्ने सार्वजनिक प्रश्न उठेको छ । यद्यपि रिपब्लिकन राष्ट्रपतिले दुई जनाबीच खराब सम्बन्धको अफवाहलाई तुरुन्तै खारेज गर्नुभयो ।

“वास्तवमा एलनले मलाई फोन गर्नुभयो”, ट्रम्पले भन्नुभयो, “उहाँले भन्नुभयो, ‘तपाईंलाई थाहा छ, तिनीहरूले हामीलाई अलग गर्ने प्रयास गरिरहेका छन् ।’ मैले भनेँ, ‘बिल्कुल ।’”

तर ट्रम्पले आफू र मस्कबीचको सम्बन्ध बिगार्ने कथित प्रयासहरूबाट अमेरिकीहरू मूर्ख नबन्ने विश्वास व्यक्त गर्नुभयो ।

“उनीहरू यसमा राम्रो छन् भन्ने मलाई लाग्थ्यो”, मिडियालाई उद्धृत गर्दै ट्रम्पले भन्नुभयो, “उनीहरू वास्तवमा यसमा नराम्रो छन्, किनभने यदि तिनीहरू यसमा राम्रो थिए भने, म कहिल्यै राष्ट्रपति हुने थिइनँ, जनता स्मार्ट छन्, उनीहरूले बुझ्छन् ।”