२० चैत्र २०८१, बुधबार
April 2, 2025 Wednesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.51

Wind: 1.03

Humidity: 33

Latest
प्रधानमन्त्री ओलीलाई थाइल्यान्डमा विशेष सम्मान- फोटो फिचर ‘लाज शरणम्’मार्फत् कुपोषणविरुद्ध जागरण चलाएका विकासको कुपोषणकै कारण मृत्यु ! काठमाडौंको तीनकुने घटनामा संलग्न थप १८ जना पक्राऊ चैत्र नवरात्रिको आध्यात्मिक रहस्य धनगढी एफसीको सहज जित तीनकुने घटना: जसले प्रदर्शन गरेको हो,उही जिम्मेवार हुन्छ: पूर्वराजाको सचिवालय २२ बल बाँकी छँदै पञ्जाबले लक्ष्य पूरा गर्‍यो, लखनउमाथि ८ विकेटको जित रोमाञ्चक जितसहित रियल मड्रिड कोपा डेल रेको फाइनलमा राप्रपाका वरिष्ठ नेता बोहोराको शव श्रद्धाञ्जलीका लागि आज पार्टी कार्यालयमा राखिँदै आर्सनलले फुलहमलाई हरायो, नटिङहमसँग युनाइटेड स्तब्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु



अ+ अ-

एजेन्सी । सुडानी अर्धसैनिक बलहरूले देशको दक्षिणका गाउँहरूमा तीन दिनको आक्रमणमा महिला र बालबालिकासहित दुई सयभन्दा बढी व्यक्तिको हत्या गरेको युद्धको निगरानी गर्ने एक वकिल समूहले मङ्गलबार बताएको छ ।

अधिकार उल्लङ्घनको अभिलेखीकरण गर्ने इमर्जेन्सी लयर्सका अनुसार नियमित सेनासँग झन्डै दुई वर्षदेखि युद्धमा फसेको अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ)ले ‘ह्वाइट नाइल राज्यको अल–कदारिस र अल–खेलवात गाउँहरूमा कुनै सैन्य उपस्थिति नभएका क्षेत्रहरूमा निहत्था नागरिकहरूमाथि आक्रमण गरेको’ थियो ।

आरएसएफले शनिबारदेखि आक्रमणका क्रममा ‘हत्या, अपहरण, जबरजस्ती बेपत्ता र सम्पत्ति लुटपाट’ गरेको छ, जसमा सयौँ घाइते वा बेपत्ता भएका छन् ।

वकिल समूहका अनुसार नाइल नदी पार गरेर भाग्ने प्रयास गर्दा केही बासिन्दालाई गोली हानिएको थियो । गाउँलेहरूमाथि भएको आक्रमणलाई ‘नरसंहार’ को कार्य भन्दै वकिलहरूले केही व्यक्तिहरू डुबेर मरेको बताएका छन् ।

सन् २०२३ अप्रिलदेखि सुडान सेना प्रमुख अब्देल फत्ताह अल–बुरहान र उहाँका पूर्व सहायक आरएसएफ कमान्डर मोहम्मद हमदान डाग्लोका सेनाहरू बीच निर्मम सङ्घर्षमा फसेको छ ।

दुवै पक्षमाथि दुव्र्यवहार र युद्ध अपराधको आरोप लगाइएको छ ।

युद्धले दशौँ हजारको ज्यान लिएको छ, एक करोड २० लाखभन्दा बढीलाई विस्थापित गरेको छ र इन्टरनेसनल रेस्क्यु कमिटीले ‘अहिलेसम्म अभिलेखित सबैभन्दा ठूलो मानवीय सङ्कट“ भनेको स्थिति सिर्जना गरेको छ ।