२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको ओडिसामा नेपाली छात्राको शंकास्पद मृत्यु, छानबिन माग गर्दा २०० बढी नेपाली बिद्यार्थी निकालिए



अ+ अ-

काठमाडौँ । भारतमा एक नेपाली छात्रा हेस्टेलमा मृत भेटिएकी छिन् । ओडिसा भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत भेटिएकी हुन् ।

उनी आइतबार अपरान्ह ४ बजे युनिभर्सिटीको होस्टलको क्युसीफो बिल्डिङमा मृत भेटिएकी थिइन् । प्रकृति बि टेक सिएससी तेस्रो वर्षमा अध्ययनरत थिइन् । उक्त कलेजमा २ सय भन्दा बढी नेपाली विद्यार्थाीहरु अध्ययनरत छन् ।

प्रकृतिको मृत्यु रहस्यमय रहेको र उनको मृत्युपछि कलेज प्रशासनले देखाएको चरित्र झनै शंकास्पद भएको त्यहाँ अध्ययनरत विद्यार्थीे बताउँछन् ।

विधार्थीका अनुसार प्रकृति मृत भेटिएको दिन कलेजमा कार्यक्रम आयोजना गरिएको थियो सबै बिद्यार्थीहरु त्यतै व्यस्त भए । ४ बजे नेपाली विद्यार्थी मृत भेटिएको खबर आएको थियो ।

खबर सुनेपछि विद्यार्थीहरु उक्त होस्टलको बिल्डिङतर्फ लागे । त्यहाँ पुग्दा प्रकृतिले आत्महत्या गरेको भनियो । तर, उनको अवस्थाबारे कसैलाई थाहा दिइएन । सोही कलेजमा प्रकृतिका दाइहरु पनि अध्ययन गर्छन् । तर उनीहरुलाई पनि प्रकृतिको शव देखाइएन ।

विद्यार्थीका अनुसार कसैलाई पनि शव र घटनास्थल नदेखाई विश्वविद्यालयकै अस्पतालमा लगेर मृत घोषण गरिएको थियो । उक्त खबर र प्रशासनले केसलाई ढाकछोप गरिरहेको देखेपछि नेपाली विद्यार्थीहरुले नजिकै रहेको इन्फो सिटी प्रहरीमा उजुरी दर्ता गराए र कलेजको ग्राउण्डमा प्रदर्शन गर्न थाले ।

नेपाली विद्यार्थीहरु प्रोटेस्टमा उत्रिएपछि कलेजका भाइस चान्सलरले उनीहरुलाई धम्की दिएको विद्यार्थी बताउँछन् ।

अहिले सबै नेपाली बिद्यार्थीहरुलाई कलेजको होस्टलबाट दुर्व्यवहार गर्दै निकालिएको छ । करिब २०० नेपाली विद्यार्थीलाई जबरजस्ती होस्टलबाट निकालेर विभिन्न रेल स्टेसन र तथा बसपार्कहरुमा लगेर छाडिएको छ ।

उक्त कलेजमा अध्ययनरत सबै नेपाली विद्यार्थीमाथि यस्तै दुर्व्यवहार गरिएको छ । सबैलाई फरक फरक रेलवे स्टेसनमा छोडिएको छ । प्रकृतिको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारबारे भारतस्थित नेपाली दूतावासलाई समेत जानकारी गराइएको तर दूतावासबाट कुनै सहयोग नभएको विद्यार्थीहरुको आरोप छ ।