२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण

विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण
अ अ+ अ-

गोरखा। गोरखा नगरपालिकाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ । नगरपालिकाले ‘उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत विपन्न महिलालाई व्यवसायसँग जोडेर आयआर्जन वृद्धिका लागि उद्यमशील बनाउँदै लैजाने उद्देश्यसहित सिलाइ मेसिन वितरण गरेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए ।

‘सीपमूलक तालिम लिएर पनि आर्थिक अभावमा व्यवसाय सुरु गर्न नसकेका महिलालाई व्यवसायसँग जोड्न सके आर्थिक आयआर्जन गरेर आत्मनिर्भर बन्न सक्छन्,’ उनले भने, ‘त्यसका लागि सीप अनुसारका प्रविधि उपलब्ध गराएपछि पेसामा जोड्न सहज हुने भएकाले पनि सिलाइ मेसिन वितरण गरिएको हो ।’

सिलाइ मेसिन वितरणका लागि अत्यन्तै न्यून आय भएका र थोरै सहयोगबाट पनि जीविकोपार्जनमा जोडिन चाहने विपन्न महिला वडा वडाबाट छनोट गरी नौ जनालाई मेसिन अनुदान सहयोग गरिएको कार्यक्रमकी फोकलपर्सन शोभा दुवाडीले जानकारी दिइन् ।

कार्यक्रममार्फत व्यावसायिक रूपमा सिलाइकटाइ तालिम प्रदान गर्दै आएका केही बहुउद्देश्सीय संस्थालाई पनि उन्नत प्रकारको ‘जुकी’ सिलाइ मेसिन अनुदानमा उपलब्ध गराइएको उनको भनाइ छ । चिनारी बहुउद्देश्सीय संस्था, गोरखा उद्योग वाणिज्य सङ्घ र महालक्ष्मी सिलाइकटाइ केन्द्रलाई जुकी मेसिन प्रदान गरिएको उनले बताइन् ।

‘यी संस्थाहरूले संस्थागत रूपमा विपन्न महिलालाई सिलाइकटाइ तालिम प्रदान गर्दै आएका छन्, दुवाडीले भनिन्, ‘यसबाट महिलालाई पेसा व्यवसाय जोडिन लाग्न मद्दत पुग्छ ।’

त्यस्तै नौमती पञ्चेबाजा बजाउने तालिम लिएका गोरखा नगरपालिका–८, स्थित रानी स्वाँरा आहालटोल विकास संस्था, वडा नं ६ स्थित प्रगतिशील महिला उद्यमी सङ्घ र वडा नं २ स्थित थापा गाउँ महिला समूहलाई आबद्ध महिलालाई समूहगत रूपमा आयआर्जनसँग जोड्ने यसअघि नौमती पञ्चै बाजा वितरण गरिएको उनले बताइन् ।

‘गाउँ टोल र छरछिमेकमा हुने पूजाआजा, बिहे व्रतबन्धलगायतका मनोरञ्जनात्मक कार्यमा बाहिरबाट नौमती पञ्चै बाजा झिकाएर रमाइलो गर्नुपर्ने बाध्यता थियो, उनले भनिन्, ‘नगरपालिकाले तालिम दिएर अनुदानमा पञ्चेबाजासमेत उपलब्ध गराएपछि अहिले ती समूहमा आबद्ध महिलाले राम्रो आम्दानी पनि गर्न थालेका छन् ।’ रासस