
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले जित निकालेको छ ।
गएराति भएको खेलमा टोटेनहमले म्यान्चेस्टर युनाइटेडलाई १–० गोलले हराएको हो ।
घरेलु टोलिको जितका लागि एकमात्र निर्णायक गोल जेम्स म्याडिसनले गरे । उनले खेलको १३ औं मिनेटमा गोल गरेका थिए ।
यो नतिजासँगै टोटेनहम २५ खेलबाट ३० अंकका साथ तालिकाको १२ औं स्थानमा छ भने युनाइटेड २९ अंकका साथ १५ औं स्थानमा छ ।