३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्षस्थानको लिभरपुल विजयी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा लिभरपुलले वल्भ्सलाई २–१ गोलले हराएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले गोल गरे । वल्भ्सका म्याथ्युस कुन्हाले एक गोल फर्काए ।

लिभरपुलले दुबै गोल पहिलो हाफमा गर्यो । १५ औं मिनेटमा डियाजले गोल गर्दै घरेलु टोलिलाई सुरुवाती अग्रता दिलाए । ३७ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।

खेलको ६७ औं मिनेटमा कुन्हाले गोल गर्दै वल्भ्सलाई १–२ को स्थितीमा ल्याए । पहिलो हाफ लिभरपुलले दबाबमा राख्दा दोस्रो हाफ भने वल्भ्सले लिभरपुललाई दबाबमा राख्यो । तर, वल्भ्सले गोल भने गर्न सकेन ।

यो नतिजासँगै शीर्षस्थानको लिभरपुलले दोस्रो स्थानको आर्सनलसँग अंकदुरी बढाएको छ । लिभरपुलको २५ खेलबाट ६० अंक छ भने आर्सनलको ५३ अंक छ । पराजित वल्भ्स १९ अंकका साथ १७ औं स्थानमा छ ।