
खोटाङ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानको हलेसी बजारमा भीषण आगलागी भएको छ । आइतबार साँझ हलेसी बजारमा रहेको एउटा हार्डवेयर पसलबाट आगो लाग्न सुरू भएको हो ।
स्थानीयवासी तथा प्रहरीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि आगो नियन्त्रण बाहिर रहेको वडाध्यक्ष कमल गिरीले जानकारी दिएका छन् । आगालागीबाट दुई घर पूर्णरूपमा जलिसकेको र आगो नियन्त्रणमा नआए अन्य १० घर जोखिममा रहेको बताइएको छ । स्थानीय पदम राई र आइराख राईका घर जलिसकेका छन् ।