२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

समाज विकासका लागि नागरिक सतर्कता आवश्यक : मुख्यमन्त्री सिंह

समाज विकासका लागि नागरिक सतर्कता आवश्यक : मुख्यमन्त्री सिंह
अ अ+ अ-

जकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले समाजमा विद्यमान बेथिति, विसङ्गति र विकृत निर्मूल गर्न नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने बताएका छन् ।

उनले नागरिक दायित्व निर्वाह भएपछि मात्र राजनीतिक नेतृत्व र कर्मचारी नियन्त्रित तथा कर्मठ हुने प्रस्ट्याए । नेपाल रिपब्लिक मिडियाद्वारा ‘म नागरिक म बनाउँछु नेपाल’ अभियानअन्तर्गत जनकपुरधाममा आइतबार आयोजना भएको बहस कार्यक्रमको आरम्भमा बोल्दै मुख्यमन्त्री सिंहले नागरिकको सजगता, सतर्कता र संवेदनशीलता अभावमा शिक्षा, स्वास्थ्यजस्ता क्षेत्र अस्तव्यस्त बनेको बताए ।

उनले अवैध तथा अनधिकृत ढङ्गले सञ्चालनमा रहेका अस्पताल, विद्यालय लगायतका संस्थाका विषयमा सेवाग्राही नागरिकले ती ठाउँ नियम तथा मापदण्डअनुसारका सेवा सुविधा प्रवाह गरे वा नगरेका विषयमा जानकारी लिन थालेपछि सुधार सम्भव हुने उल्लेख गरे ।

उनले आफूले अनुगमन गरेका अस्पतालमा पूर्वाधार नपुगेका, अत्यावश्यक जनशक्ति तथा उपकरण नरहेका र फोहोरमैला राम्ररी व्यवस्थापन नभएका देखिएको भए पनि तिनमा बिरामीको अत्यधिक चाप रहेको तर सेवासुविधाको गुणस्तर कायम हुने गरी मापदण्ड पुर्‍याएका अस्पतालमा बिरामी धेरै थोरै भर्ना हुने गरेको दुर्भाग्यपूर्ण अवस्था रहेको बताए ।

उनले कमिसनका लागि त्यस्ता अस्पतालमा बिरामी पुर्‍याइँदा सो अवस्था आएको भन्दै विगतमा कमिसन एजेन्ट बनेका एम्बुलेन्स ड्राइभरहरूले समेत अस्पताल सञ्चालन गरिरहेको बताए ।

मुख्यमन्त्री सिंहले अस्पताल जाँदा त्यसको वैधताबारे जिज्ञासा राख्नुपर्ने तथा सेवा सुविधाबारे नागरिकले सोधपुछ गर्नुपर्ने बताए । उनले गुणस्तरीय सेवा र सुविधाको आशामा वैधता नरहेका अस्पतालमा जाँदा त्यसअनुसारको उपचार नपाउने गरेको भन्दै त्यसभन्दा उत्तम सरकारी अस्पतालमै उपचार गराउनु रहेको बताए ।

उनले सामुदायिक विद्यालयमा व्यवस्थापन समितिको काम अपेक्षित तथा प्रभावकारी नभएको, शिक्षकले पठनपाठनमा ध्यान नदिएको, विद्यार्थीहरू शिक्षकको नियन्त्रणमा नरहेको, शिक्षक र विद्यार्थीको अनुपात नमिलेको समस्या रहेको भन्दै निजी विद्यालयको गुणस्तर राम्रो नभएको औँल्याए ।

उनले भने, ‘विद्यार्थीले प्राप्त गर्ने परिणाम सन्तोषजनक छैन । त्यसैले निजी विद्यालयको गुणस्तर राम्रो भएको मान्न सकिँदैन ।’ मुख्यमन्त्री सिंहले निजी विद्यालयमा योग्य मापदण्डअनुसार शिक्षक नरहेका र एउटै शिक्षकले धेरै विद्यालयमा पढाउनुपर्ने भएकाले चालिस मिनेटको घण्टी ३० मिनेटमा झारिएको जस्ता समस्या रहेको बताए ।

मुख्यमन्त्री सिंहले देश, प्रदेश र पालिका बनाउने जिम्मेवारी राजनीतिकर्मी र कर्मचारीको मात्र नभएर नागरिकको समेत भएकाले एकअर्कालाई निषेध र दोषारोपण गर्नुभन्दा सहकार्यका आधारमा समाज निर्माणमा सबैले योगदान गर्नुपर्ने बताए ।

उनले जनकपुरधाममा एकाबिहान फोहोरमैला संकलन गर्ने गरिए पनि बजारका पसले, घरबेटी र टोलछिमेकका मानिसले डस्टपिनमा फोहोर नराखी कुनाकाप्चामा फ्याँक्ने गरेको बताउँदै त्यसले जनकपुरधामको धार्मिक तथा सांस्कृतिक गरिमा नै घटेको बताए ।

उनले जनकपुरधामलाई पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रूपमा स्थापित गर्न र विश्व मानचित्रमा उपल्लो ठाउँमा राख्न फोहोरमैला व्यवस्थापनप्रति स्थानीय बासिन्दालाई गम्भीर बन्नुपर्ने बताए ।

मुख्यमन्त्री सिंहले गलत, ढाँटछल, झुट, चोरीडकैती आदि बाहेक कुनै पनि कार्य सानो नहुने भन्दै कृषिलगायतका उत्पादनशील काम अप्ठ्यारो नमानी सबैले गर्नुपर्ने सुझाए ।रासस