
काठमाडौं । धोबिखोलामा एउटा कार खसेको छ । मदन भण्डारी कलेज छेउमा कार खसेको महानगर प्रहरी बलले जानकारी दिएको छ ।
महानगर प्रहरी बलका अनुसार महानगरपालिका वडा न १० र २९ जोडने मदन भण्डारी कलेजसँगै रहेको पुलबाट बा २१ च ६६१४ न को सवारी साधन धोवि खोलामा दुर्घटना भएको र महानगर प्रहरी बलबाट उद्वार कार्यको लागि खटिएको छ ।
प्रहरीका अनुसार कुनै मानवीय क्षति भएको छैन ।