१० भाद्र २०८३, बुधबार
,
Latest
टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका रसुवा बाढीपछि प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक रसुवामा बाढीपछि पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गृहको आग्रह रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले आप्रवासी नागरिक फिर्ता पठाउने क्रममा मानव अधिकार उल्लङ्घन गरेको आरोप



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले आप्रवासी नागरिक फिर्ता पठाउने क्रममा मानव अधिकारको गम्भिर उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वको जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव समानता, स्वतन्त्रता र मानवीय अधिकारको उपभोग गर्न पाउने मानव अधिकारको विश्वव्यापी मान्यता भएको समेत बताउनु भयो । उहाँले अमेरिकाले भारतीय नागरिकको खुट्टामा नेल, जनजीर हत्कडी लगाएर उनीहरुको मयार्दाको ठाडो उल्लङ्घन गरेर स्वदेश फिर्ता गर्ने कार्यले पश्चिमा देशहरुले दुहाई दिँदै आएको मानव अधिकारको विश्वव्यापी रुपमै धज्जी उडाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वको जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव समानता, स्वतन्त्रता र मानवीय अधिकारको उपभोग सबै नागरिकले पाउने मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको आधारको भावना हो । अमेरिकाले भारतीय नागरिकको खुट्टामा नेल, जनजीर हत्कडी लगाएर उनीहरुको मयार्दाको ठाडो उल्लङ्घन गरेर स्वदेश फिर्ता गर्ने कार्यले पश्चिमा देशहरुले दुहाई दिँदै आएको मानव अधिकारको विश्वव्यापी रुपमै धज्जी उडेको छ । भारतीय नागरिकाई नेल, हत्कडी र जनजीर लगाउनु अमेरिकको घोर अमानवीय मानव अधिकारको विरोधी हर्कत हो । नेपालका पनि कयौं नागरिक गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका समाचारहरु आइरहेका छन् । नेपाली नागरिकलाई पनि मानव अधिकार हनन् हुने गरी अमेरिकाद्धारा नेल, हत्कडी र जनजीर लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नहोस् ।’

नेपाली नागरिकलाई पनि मानव अधिकार हनन हुनेगरी अमेरिकाद्वारा नेल, हत्कडी र जनजीर लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नगर्न उहाँको चेतावनी छ ।