१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले आप्रवासी नागरिक फिर्ता पठाउने क्रममा मानव अधिकार उल्लङ्घन गरेको आरोप



अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अमेरिकाले आप्रवासी नागरिक फिर्ता पठाउने क्रममा मानव अधिकारको गम्भिर उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वको जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव समानता, स्वतन्त्रता र मानवीय अधिकारको उपभोग गर्न पाउने मानव अधिकारको विश्वव्यापी मान्यता भएको समेत बताउनु भयो । उहाँले अमेरिकाले भारतीय नागरिकको खुट्टामा नेल, जनजीर हत्कडी लगाएर उनीहरुको मयार्दाको ठाडो उल्लङ्घन गरेर स्वदेश फिर्ता गर्ने कार्यले पश्चिमा देशहरुले दुहाई दिँदै आएको मानव अधिकारको विश्वव्यापी रुपमै धज्जी उडाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विश्वको जुनसुकै कुनामा बसेको भएपनि बिना भेदभाव समानता, स्वतन्त्रता र मानवीय अधिकारको उपभोग सबै नागरिकले पाउने मानव अधिकारको विश्वव्यापी घोषणा पत्रको आधारको भावना हो । अमेरिकाले भारतीय नागरिकको खुट्टामा नेल, जनजीर हत्कडी लगाएर उनीहरुको मयार्दाको ठाडो उल्लङ्घन गरेर स्वदेश फिर्ता गर्ने कार्यले पश्चिमा देशहरुले दुहाई दिँदै आएको मानव अधिकारको विश्वव्यापी रुपमै धज्जी उडेको छ । भारतीय नागरिकाई नेल, हत्कडी र जनजीर लगाउनु अमेरिकको घोर अमानवीय मानव अधिकारको विरोधी हर्कत हो । नेपालका पनि कयौं नागरिक गैरकानूनी रुपमा अमेरिकामा बसिरहेका समाचारहरु आइरहेका छन् । नेपाली नागरिकलाई पनि मानव अधिकार हनन् हुने गरी अमेरिकाद्धारा नेल, हत्कडी र जनजीर लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नहोस् ।’

नेपाली नागरिकलाई पनि मानव अधिकार हनन हुनेगरी अमेरिकाद्वारा नेल, हत्कडी र जनजीर लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नगर्न उहाँको चेतावनी छ ।