३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका

टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका
अ+ अ-

काठमाडौं । रसुवाको सीमावर्ती क्षेत्र टिमुरे हुँदै भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी प्रवेश गरेपछि नदी तटीय क्षेत्रमा त्रास बढेको छ।

बाढी भोटेकोशी हुँदै त्रिशूली नदीमा समेत प्रभाव पारेपछि आसपासका जिल्लाका नदी किनारमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान करिब ९ बजेतिर तिब्बततर्फबाट ठूलो मात्रामा पानी नेपाल प्रवेश गरेको हो। बाढी वर्षाका कारण सामान्य रूपमा आएको नभई आकस्मिक रूपमा नदीको बहाव बढेको देखिएकाले तिब्बततर्फ हिमताल विस्फोट भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउन चिनियाँ अधिकारीहरूसँग समन्वय भइरहेको छ। साथै उपग्रहबाट प्राप्त तस्बिर तथा अन्य प्राविधिक माध्यमबाट हिमताल विस्फोट भए–नभएकोबारे अध्ययन भइरहेको विभागले जनाएको छ।

अचानक आएको बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक भएका छन्।

बाढीको प्रभाव त्रिशूली नदीमा समेत देखिएपछि रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी नदी किनारका बस्ती तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ जान भनिएको छ।

विभागले बाढीको अवस्था थप विकसित हुनसक्ने भएकाले आधिकारिक सूचना र सुरक्षा निकायको निर्देशन पालना गर्न तथा नदी आसपास अनावश्यक आवतजावत नगर्न आग्रह गरेको छ।