१० भाद्र २०८३, बुधबार
,
Latest
भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका रसुवा बाढीपछि प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक रसुवामा बाढीपछि पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गृहको आग्रह रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति



अ+ अ-

काठमाडौं ।रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा गम्भीर क्षति पुगेको छ।

बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा जोखिम बढेपछि सरकारले सम्बन्धित सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, विपद् व्यवस्थापन निकाय तथा अन्य सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। सरकारले उद्धार तथा राहतका लागि आवश्यक तयारी अवस्थामा रहन र जोखिम न्यूनीकरणका लागि आवश्यक सबै कदम चाल्नसमेत निर्देशन दिएको जनाएको छ।

सरकारले रसुवा र नुवाकोटका नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। नदी किनार तथा पहिरोको जोखिम भएका स्थानमा नजान र अनावश्यक यात्रा नगर्न पनि अनुरोध गरिएको छ।

स्थानीय प्रशासन, सुरक्षा निकाय तथा आधिकारिक निकायबाट जारी हुने सूचना र चेतावनीको पालना गर्न आग्रह गर्दै सरकारले बाढीको अवस्था अझै विकसित हुन सक्ने भएकाले अफवाहको पछि नलाग्न र आधिकारिक सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ।

यस्तै, जोखिममा रहेका नागरिकले एकअर्कालाई सचेत गराउन तथा आपत्कालीन अवस्था सिर्जना भए तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सरकारले अनुरोध गरेको छ।