१० भाद्र २०८३, बुधबार
,
Latest
लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका रसुवा बाढीपछि प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो



अ+ अ-

काठमाडौं । रसुवामा ठूलो बाढीपहिरो आएपछि ट्राफिक प्रहरीले चार जिल्लातर्फ जाने सवारीसाधनलाई काठमाडौंमै रोकेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार काठमाडौं हुँदै रसुवा, नुवाकोट, चितवन र धादिङतर्फ जान लागेका सवारीसाधनलाई काठमाडौंमै रोकिएको हो।

बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै ती जिल्लातर्फ जाने सवारीसाधनलाई तत्कालका लागि रोकिएको प्रहरीले जनाएको छ।

सम्भावित जोखिमबाट यात्रु तथा सवारीसाधनलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको हो।

रसुवाको भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण आसपासका क्षेत्रमा क्षति पुगेको र नदी तटीय क्षेत्रमा उच्च जोखिम रहेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरिरहेका छन्।