१० भाद्र २०८३, बुधबार
,
Latest
टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका रसुवा बाढीपछि प्रधानमन्त्री शाहले बोलाए उच्चस्तरीय बैठक रसुवामा बाढीपछि पाँच जिल्लाका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गृहको आग्रह रसुवा बाढीपछि उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालन, हेलिकप्टर स्ट्यान्डबाइमा बाढीको जोखिमपछि चार जिल्लातर्फ जाने सवारी काठमाडौंमै रोकियो रसुवामा भीषण बाढी: स्याफ्रुबेँसी र टिमुरेमा गम्भीर क्षति सडकमा सरकारी धराप रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहनकुमार श्रेष्ठले बागमती प्रदेशकी उपसभामुखले संसदीय भूमिकाको संवैधानिक निष्पक्षता गुमाएको आरोप लगाएका छन् ।

श्रेष्ठले सामाजिक सञ्जालमार्फत हेटौँडामा मंगलबार बसेको प्रदेशसभा बैठकलाई लिएर उपसभामुखको भूमिकामाथि प्रश्न उठाएका हुन् । उनले पदका लोभी सांसदहरूको अभिष्ट पूरा गर्न प्रतिपक्षीविहीन संसद सञ्चालन गरिएको आरोप लगाएका छन् ।

उनले उपसभामुखले ‘संसदीय मान्यता, गरिमा र मर्यादालाई तिलाञ्जली दिएको’ टिप्पणी गर्दै संसदीय प्रजातन्त्रमा गलत नजिर स्थापित भएको दाबी गरेका छन् ।

श्रेष्ठले केही ‘आफ्ना भनिएका’ व्यक्तिसमेत सत्ता राजनीतिको फोहोरी खेलमा संलग्न भएको आरोप लगाउँदै उपसभामुख ‘गुण्डुराजको रबर स्ट्याम्प’ बनेको आरोपसमेत लगाएका छन् ।
उनले राजनीतिक, नैतिक तथा संवैधानिक अराजकतामाथि सम्मानित अदालतले लगाम लगाउने विश्वास व्यक्त गरेका छन् ।