४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान निकेतन र ग्रिन लन्स विजयी



अ+ अ-

काठमाडौँ। ज्ञान निकेतन र ग्रिन लन्सले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।

ज्ञान निकेतनले आयोजक हिमाली बोर्डिङ स्कुललाई ४१–३४ ले पराजित गर्यो । ज्ञान निकेतनको जितमा महेन्द्र प्याकुरेलले १६ अंक योगदान गरे । सुयोग रजकको १६ अंक सहयोगमा ग्रिन लन्सले क्यान्भासलाई ३६–१७ ले सहजै हरायो । सोही स्पर्धामा विल्सन एकेडेमीले हेम्सलाई ५४–४२ तथा एक्मीले हाम्रो सनसाइनलाई ३६–२९ पाखा लगाए ।

विल्सनका रेहान डंगालले १५ तथा एक्मीका साइमनले १८ स्कोर गरे । जुनियर ब्वाइजमा सनसाइनले इनोभेटिभलाई २२–४ तथा आयोजक हिमाली बोर्डिङ स्कुलले काठमाडौं जेभियर पब्लिकलाई १८–१० ले पन्छाए । सनसाइनका जेनिश तोलङ्गेले १० तथा हिमालीका युनिक रोक्काले ८ अंक बटुले ।

सिनियर गल्र्समा रिलायन्सले एजीएमलाई २७–६, क्यान्भासले विल्सनलाई १३–११ र ग्रिन लन्सले एक्मीलाई ८–४ ले निराश पारे । रिलायन्सकी एलिशा तामाङले १४, क्यान्भासकी पवित्रा बुढाथोकीले ७ र ग्रिन लन्सकी अभिसारिका रजकले ४ अंक जोडे ।