२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

भारतीय र इरानी रक्षामन्त्रीबीच अफगानिस्तानको शान्तिबारे छलफल

भारतीय र इरानी रक्षामन्त्रीबीच अफगानिस्तानको शान्तिबारे छलफल
अ अ+ अ-

नयाँ दिल्ली । भारतीय रक्षामन्त्री राजनाथ सिंह र इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अमिर हतामीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच इरानको राजधानी तेहरानमा भेटवार्ता भएको आइतबार भारतीय रक्षामन्त्री सिंहले ट्वीटमार्फत जानकारी दिनुभएको छ ।

उहाँले सो भेटघाट निकै फलदायी रहेको बताउनुभएको छ । त्यस भेटका क्रममा क्षेत्रीय शान्तिका साथै अफगानिस्तानका विषयमा पनि कुराकानी भएको थियो । मस्को पुग्नुभएका भारतीय रक्षामन्त्री सिंह त्यहाँबाट फर्किने क्रममा इरान जानुभएको थियो र सोही क्रममा भारत र इरानबीचको द्धिपक्षीय प्रतिरक्षासम्बन्धी मुद्धामा छलफल भएको थियो । 

सो कुराको जानकारी इरानी रक्षामन्त्रालयले जानकारी दिएको हो । उहाँहरुबीच यस क्षेत्रको क्षेत्रीय शान्तिका विषयमा छलफल भयो । त्यसैगरी अफगानिस्तानको शान्ति तथा त्यहाँको स्थायित्वका बारेमा पनि उहाँहरुबीचमा कुराकानी भएको थियो । 

अफगानिस्तानमा शान्ति स्थापनाका लागि त्यहाँका तालिबान र सरकारबीच वार्ता हुने तयारी भएको छ । यसका लागि अफगानिस्तानबाट वार्ता टोली कतारको राजधानी दोहा जाने भएका छन् ।