१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आज म्यान्चेस्टर सिटी र रियल मड्रिड भिड्दै



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदैछन् ।

आज राति पाँच खेलहरु हुँदैछन् । त्यसमध्ये सबैभन्दा प्रतिक्षित खेल इंग्लिस क्लब म्यान्चेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिडबीचको रहेको छ ।

खेल सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ ।

यसै सिजनदेखि नयाँ ढाँचामा सुरु भएको प्रतियोगितामा सिटी र रियल अन्तिम १६ पुग्नका लागि प्लेअफ मै भिड्न लागेका हुन् । दुइमध्ये एकमात्र टोलीले अन्तिम १६ मा स्थान बनाउने भएकाले सिटी र रियलको यो खेल प्रतिक्षित छ ।

पहिलो लेग आज राति सिटीको मैदानमा हुँदा दोस्रो लेगको खेल १९ फेब्रुअरीमा रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ ।

लिग चरणको तालिकामा शीर्ष आठमा रहने टोलीले सिधै नकआउट चरणमा स्थान बनाउँदा थप ८ टोलीका लागि १६ टिमले ‘प्लेअफ’ खेल्दै छन् । जसमा होम एण्ड अवे लिगका आधारमा अन्तिम ८ टिम नकआउटमा प्रवेश गर्नेछन् ।