५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आज म्यान्चेस्टर सिटी र रियल मड्रिड भिड्दै



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदैछन् ।

आज राति पाँच खेलहरु हुँदैछन् । त्यसमध्ये सबैभन्दा प्रतिक्षित खेल इंग्लिस क्लब म्यान्चेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिडबीचको रहेको छ ।

खेल सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ ।

यसै सिजनदेखि नयाँ ढाँचामा सुरु भएको प्रतियोगितामा सिटी र रियल अन्तिम १६ पुग्नका लागि प्लेअफ मै भिड्न लागेका हुन् । दुइमध्ये एकमात्र टोलीले अन्तिम १६ मा स्थान बनाउने भएकाले सिटी र रियलको यो खेल प्रतिक्षित छ ।

पहिलो लेग आज राति सिटीको मैदानमा हुँदा दोस्रो लेगको खेल १९ फेब्रुअरीमा रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा हुनेछ ।

लिग चरणको तालिकामा शीर्ष आठमा रहने टोलीले सिधै नकआउट चरणमा स्थान बनाउँदा थप ८ टोलीका लागि १६ टिमले ‘प्लेअफ’ खेल्दै छन् । जसमा होम एण्ड अवे लिगका आधारमा अन्तिम ८ टिम नकआउटमा प्रवेश गर्नेछन् ।