१० भाद्र २०८३, बुधबार
,
Latest
विपद्मा प्रभावितको उद्धार र राहतमा जुट्न नेसनल प्याब्सनको आग्रह रसुवा बाढीपछि उद्धार र राहतमा केन्द्रित हुन कांग्रेसको आग्रह, पूर्वनिर्धारित कार्यक्रम स्थगित रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलमा प्रहरीमाथि आक्रमणः दुई जनाविरुद्ध ५ दिन म्याद थप



अ+ अ-

काठमाडौं । ठमेलमा ड्युटीमा खटिएको प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुई जना युवाविरुद्ध पाँच दिनको म्याद थप भएको छ ।

पक्राउ परेका दुई युवाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यहारको कसुरमा पाँच दिनको म्याद भएको हो ।

ताप्लेजुङको फुङलिङ नगरपालिका–१ घर भएका २६ वर्षीय दिनेश सिग्देल र डडेलधुराको गन्यापधुरा गाउँपालिका–५ का २२ वर्षीय रमेश फुलारा पक्राउ परेका थिए ।

पक्राउ परेका दुवैजना अमृत साइन्स क्याम्पस (अस्कल)मा अध्ययनरत तथा नेकपा एमालेको विद्यार्थी संगठनमा आबद्ध रहेका छन् ।

उनीहरूको समूहले दरबारमार्गस्थित केशरमहल बिटबाट ड्युटीमा खटिएको प्रहरीको टोलीमाथि आक्रमण गरेको थियो । उक्त आक्रमणको सिसिटिभी फुटेजको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।