२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते



अ+ अ-

काठमाडौँ । तीर्थयात्री बोकेको बस धादिङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुरबाट चितवनको देवघाट तर्फ जाँदै गरेको बा ३ ख ८९२३ नं.को बस अनियन्त्रित भई धादिङको थाक्रे गाउँपालिका–७ सातकिलामा दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा परेर दोलखा भिरकोट गाउँपालिका बस्ने ५० वर्षीय पार्बती काफ्लेको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । उनको नेपाल प्रहरी अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाईतेमध्ये १४ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । यस्तै, सात जनाको अवस्था सामान्य रहेको छ । घाईतहरुको काठमाडौँस्थित बाँसबारी न्युरो अस्पताल, नेपाल प्रहरी अस्पताल महाराजगंज र ट्रमा सेन्टरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।