१४ श्रावण २०८३, बिहीबार
,
Latest
बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको सिस्नेरीमा बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःस्थापना गर्न माग



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गत असोजमा मकवानपुरको कुलेखानी जलविद्युत केन्द्रको बाँधको ढोका खोल्दा भएको बाढीबाट भएको क्षतिको पुनःस्थापना गर्न सरकारसँग माग गर्नुभएको छ ।

आईतवार प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । गत असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण कुलेखानी जलविद्युत केन्द्रको बाँध भरिएर फुट्ने डरले जानकारी समेत नदिई दुई वटै ढोका खोल्दा ठूलो धनजनको क्षती भएको थियो ।

बाँध खोलिएपछि आएको बाढीमा परी ६ जना बाल खेलाडिको मृत्यु समेत भएको थियो ।बर्तौलाले प्राधिकरणको केन्द्रिय व्यवस्थापनले तल्लो तटीय क्षेत्रको जोखिमलाई ख्याल नपुर्याई असाध्यै लापरवाही र गैरजिम्मेवार ढंगबाट बाँध खोलेको भन्दै उक्त कार्यमा संलग्न कर्मचारीलाई कारबाही गर्न समेत माग राख्नुभयो ।

उहाँले बाँधका ढोकाहरु खोल्दा इन्द्रसरोवरका हेभि, ठूलो चौर, ज्याम्रे सिम्रे फाँट, सुस्नेरी बजार क्षेत्रका सडक, वस्ति, प्रहरी चौकी, खानेपानी लगायतका क्षेत्रमा ठूलो क्षति भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गएको असोजमा परेको अविरल वर्षाको कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत आयोजनाको वाँधमा जम्मा भएको पानीलाई बाँध भरिएपछि मात्रै प्राधिकरणको केन्द्रिय व्यवस्थापनले तल्लो तटीय क्षेत्रको जोखिमलाई थोरै पनि ख्याल नपुयाई असाध्यै लापरवाही र गैरजिम्मेवार ढंगबाट बाँधका ढोकाहरु खोल्दा इन्द्रसरोवरका हेभि, ठूलो चौर, ज्याम्रे सिम्रे फाँट, सुस्नेरी बजार क्षेत्रका सडक, बस्ती, प्रहरी चौकी, खानेपानी लगायतका क्षेत्रमा ठूलो क्षति भएको छ ।

६ जना बाल खेलाडीहरुको मृत्यु समेत भएको छ । त्यसकारण सभामुख महोदय प्राधिकरणको तर्फबाट लापरबाही गर्नेलाई कारवाही गर्दै संरचनाहरु पुनःस्थापन गर्न र जोखिममा रहेका तल्लो तटीय क्षेत्रका नागरिकलाई आवश्यक मुआब्जा उपलब्ध गराई स्थानीयको स्थानान्तरण गर्न सरकारसँग माग गर्दछु ।’

उहाँले क्षति भएका संरचनाहरुको पुनःस्थापना गर्दै स्थानीयलाई मुआब्जा वितरण गर्न समेत सरकारसँग माग गर्नुभयो ।