१६ श्रावण २०८३, शनिबार
,
Latest
राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन नेतृत्वमा करुणा र सहानुभुति हुनुपर्छः सभापति थापा सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीयहरु पाथीभरा केबलकार बनाउनुपर्छ भन्नेमा हुनुहुन्छ, विदेशमा बस्नेले भ्रम छरेर बिरोध गर्दैछन्ः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाथीभरा केबलकार बनाउने कुरामा स्थानीयहरुको साथ रहेको बताउनुभएको छ ।

शनिवार पाथीभरा देवी दर्शन केबलकार प्रा।लि।को तर्फबाट काठमाडौंमा पत्रकार सम्मलेन गर्दै उहाँले यस्तो बताउनुभएको हो । तीन सय जनासँग गरेको सार्वजनिक सुनुवाईमा स्थानीयको प्रतिनिधित्व गर्दै बोल्ने २५ जनामध्ये दुई जनाले मात्रै असहमति जनाएको बताउनु भयो ।

उहाँले ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनुपर्छ भन्नेमै रहेको बताउनु भयो । ताप्लेजुङ भन्दा बाहिरका र विदेशमा बस्नेहरुले त्यहाँको विकासको उपयोग गर्ने तर नेपालमा हुन लागेको विकासको बिरोध गरिरहेको बताउनु भयो । ताप्लेजुङमा केबलकार बनेसँगै आर्थिक गतिविधि चलायमान हुने, रोजगारी सिर्जना हुनेकुरा महत्वपूर्ण रहेको बताउनु भयो ।

ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ केबलकार बनाउन लागिएको बताउनु भयो । उहाँले केबलकार बनेसँगै ताप्लेजुङको विकास र समृद्धिमा नै सहयोग पुग्ने बताउनु भयो । उहाँले पाथीभरा देवी केबलकार निर्माण भएसँगै तीन सय रोजगारी थपिने र जसमा ८० प्रतिशत ताप्लेजुङवासीले नै रोजगारीको अवसर पाउने उल्लेख गर्नुभयो । ताप्लेजुङवासीले पाउने अवसरमा खेलवाड गर्न बाहिर बस्ने नेपालीहरु लागिरहेको बताउनु भयो ।

अध्यक्ष ढकालले भन्नुभयो, ‘बिरोधको कुरा गर्नुभयो । म आफैँ पनि स्थानीयहरुसँग छलफल गर्न गएँ । सार्वजनिक सुनुवाईमा करिव ३ सय जना स्थानीय हुनुहुन्थ्यो । त्यसमा २५ जना स्थानीयले बोल्नुभएको थियो । जसमा २ जनाले बन्न हुँदैन भन्नुभयो । एक जनाले बन्नुपर्छ तर भन्नुभएको थियो । ताप्लेजुङवासीको अधिकांशको मत केबलकार बनाउनु पर्छ । यहाँको इकोनोमिक एक्टिभिटी बढ्छ, रोजगारी सिर्जना हुन्छ, त्यसले ताप्लेजुङमा केबलकार बन्नुपर्छ भन्ने छ ।

ताप्लेजुङ भन्दा बाहिरका साथीहरु, नेपाल भन्दा बाहिर बस्ने साथीहरुले उहाँले विकसित मुलुकको इन्जोय गरिरहनुभएको छ, त्यहाँको सुविधान लिनुभएको छ । तर ताप्लेजुङमा बन्नु हुँदैन भनेर ताप्लेजुङवासीलाई गलत हिसावले भ्रम फैल्याउनुभएको छ । यसै इस्युमा कताकता पोल्टिकल पार्टीहरुले भुमिका खेल्नुभएको छ । ताप्लेजुङवासीलाई त्यहीँ रोजगारी दिने उद्देश्यका साथ बनाउन खोजेको हो । त्यो लगानीलाई ताप्लेजुङ बाहिरका व्यक्तिबाट इस्यु निकालिएको छ । त्यो ताप्लेजुङको लागि दुःख लाग्दो कुरा हो ।’

अध्यक्ष ढकालले पाथीभरमा केबलकारसम्बन्धी संरचना गलत हिसावले नबनाइएको पनि स्पष्ट पार्नुभयो । उहाँले पाथीभरा देवी दर्शन केबलकार प्रा।लि।ले बनाउने सबै संरचना प्रकृतिमैत्री हुने दाबी गर्नुभयो । उहाँले पाँचतारे होटल नभएर सामान्य स्तरको पूर्वाधार मात्रै बनाउन लागेको उल्लेख गर्दै अक्सिजनलगायतको स्वास्थ्यकेन्द्र, शौचालय र तातो र चिसो पानीको व्यवस्थाका लागि सामान्य संरचना बनाइने उल्लेख गर्नुभयो । मन्दिरको भेटी केबलकारले उठाउँछ भन्ने गलत कुराको प्रचार गरिएको र भेटीसँग केबलकारको कुनै सरोकार नरहेको जिकिर गर्नुभयो । केबलकारले कुनैपनि हिसावमा धार्मिक आस्था खल्बल्याउने काम नगर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा जुन हिसावले पाथीभरा केबलकारले संरचनाहरु फरक हिसावले बनायो, धार्मिक आस्थामा नबनाउनुपर्ने चिजहरु बनायो भन्ने जुन भ्रम फैल्याइएको छ । हामीले बनाउने संरचना र पूर्वाधार वातावरण र प्रकृतिमैत्री हुन्छ । सामान्य स्तरको पूर्वाधार हुन्छ । टप स्टेशन हुन्छ । उचाईमा भएको हिसावले सामान्य किसिमले अक्सिजन लगायतको स्वास्थ्यकेन्द्र, शौचालय, तातोपानी, चिसोपानीको व्यवस्था हुन्छ ।

लेक लाग्ने हिसावमा त्यसको लागि मात्रै यो संरचना बनाइनेछ । माथि फाइभ स्टार होटल हुन्छ रे, कता डेटिङ बस्ने ठाउँ हुन्छ रे भन्ने हिसावको गलत कुरा आएको छ । गलत प्रचार गरिएको छ । त्यहाँको भेटी सबै पाथीभरा केबलकारले उठाउँछ भन्ने जस्ता गलत कुरा गरिएको छ । मन्दिरको भेटी केबलकारसँग कुनै सरोकार छैन । केबलकारले कुनैपनि हिसावमा धार्मिक आस्था खल्बल्याउने काम गर्दैन ।’

अध्यक्ष ढकालले सांस्कृतिक सम्पदाको संरक्षण र जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनका लागि केबलकार बनाउन लागेको बताउनु भयो । नेपालमा आउने पर्यटकहरुलाई भएका सम्पदाहरु अवलोकन गराउने वातावरण बनाउन खोजेको बताउनु भयो । केबलकारले पाथीभरको धार्मिक आस्थामाथि प्रहार नगर्ने स्पष्ट पार्नुभयो ।

पाथीभराप्रतिको आस्थालाई थस साथ दिन र सबै नेपालीलाई सहज हिसावमा लैजाने व्यवस्थाका लागि मात्रै केबलकार बनाउन लागिएको बताउनु भयो । पाथीभरा केबलकारको लागत अनुमान करिव तीन अर्बको रहेको जानकारी दिनुभयो । उहाँले एक वर्षभित्रमा पाथीभरा केबलकार निर्माण गरी मन्दिरको दर्शन गराइने बताउनु भयो ।