१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार



अ+ अ-

काठमाडौँ। ग्रीसमा शुक्रवार चलेको तिब्र हावाहुरीका कारण मुलुकभर डढेलोको प्रकोप बढेको छ ।

हावाको गतिका कारण आगो अनियन्त्रित रूपमा फैलिएपछि सयौँ मानिसहरूलाई समुन्द्री मार्गबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने अग्नि नियन्त्रकहरू ७० भन्दा बढी स्थानमा लागेको डढेलो निभाउन प्रयासरत छन् ।

ग्रीस फायर सर्भिसका प्रवक्ता भासिलिस भार्थाकोगियानिसकाअनुसार हाल सुरक्षाकर्मीहरू देशभरका ७३ स्थानमा लागेका डढेलो नियन्त्रण गर्न लागिपरेका छन् । सबैभन्दा गम्भीर अवस्था मध्य ग्रीसको बोयोटिया क्षेत्रीय इकाई अन्तर्गत पर्ने जिरोनोमी गाउँ नजिक देखिएको छ ।

त्यहाँको आगलागी तटीय बस्ती एगियोस भासिलियोसतर्फ फैलिएपछि सडक मार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडक सञ्जाल विच्छेद भएपछि ग्रीक राष्ट्रिय प्रसारक इआरटीकाअनुसार २५४ जना स्थानीय बासिन्दा र पर्यटकहरूलाई समुन्द्री मार्गबाट उद्धार गरिएको छ ।

हेलेनिक नेशनल मेटियोरोलोजिकल सर्भिसकाअनुसार केही क्षेत्रमा हावाको गति १५० किलोमिटर प्रतिघण्टासम्म पुगेको छ, जसलाई ब्युफोर्ट स्केलमा फोर्स ९ मानिन्छ । फायर सर्भिसका अधिकारीहरूले तिब्र हावा र दुर्गम भौगोलिक बनावटका कारण बोयोटिया लगायतका क्षेत्रमा डढेलो नियन्त्रण कार्य निकै चुनौतीपूर्ण बनेको बताएका छन् ।

डढेलो र हावाहुरीका कारण यातायात सेवा समेत प्रभावित भएको छ । राफिना (च्बाष्लब) र लाप्रियो बन्दरगाहबाट एजियन टापुहरूका लागि सञ्चालन हुने फेरि सेवाहरू स्थगित गरिएका छन् ।

यसैगरी, पश्चिम एथेन्सको पोइकिलो पहाडमा भीषण डढेलो फैलिएपछि अधिकारीहरूले मुख्य सडकका केही खण्डहरू बन्द गरेका छन् ।सिन्ह्वाको/न्युज एजेन्सी नेपाल