५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जुन ट्रफी क्रिकेटः सेमिफाइनलका खेल आजदेखि, डडेल्धुरा र बुटवल भिड्दै



अ+ अ-

फाप्ला । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलका खेलहरू आजदेखि हुँदैछन् ।

फाप्ला क्रिकेट मैदानमा आज दिउँसो सवा १२ बजे हुने पहिलो सेमिफाइनल खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरा र न्यू होराइजन बुटवलबीच प्रतिस्पर्धा हुनेछ । डडेल्धुरा समूह ए को विजेताको रूपमा सेमिफाइनल पुगेको हो भने बुटवल समूह बी को उपविजेता बनेर अन्तिम चारमा पुगेको हो ।

त्यस्तै दोस्रो सेमिफाइनल खेलमा सिवाइसी अत्तरिया र डिसिए धनगढीबीच भोलि (माघ २७ गते)हुनेछ । गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले नगद रू १० लाख र उपविजेताले नगद रू पाँच लाखसहित ट्रफी पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही रू ५०–५० हजार पाउने छन् ।