१९ मंसिर २०८२, शुक्रबार
,
Latest
मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक तथा वित्तीय क्षेत्रबारे अराजक गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याउन माग



अ+ अ-

काठमाडौँ । नेपाल बैंक तथा वित्तीय क्षेत्रका संघ संस्थाहरूले बैंक तथा वित्तीय क्षेत्र पारदर्शी र सुरक्षित रहेको बताएका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्रमा देखिएका अराजक गतिविधिबारे धारणा सार्वजनिक गरेका हुन् ।

केही अराजक गतिविधिहरू बैंकिङ क्षेत्रलाई खलबलाउन सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले सामाजिक सञ्जालमा फैलाइएका गलत र भ्रामक सूचना प्रति ध्यान नदिन आग्रह पनि गरेका छन् ।

अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त र नेपाल राष्ट्र बैंकका नीतिहरूको पूर्ण पालना गर्दै बैंकिङ क्षेत्र उदाहरणीय बनेको संघ संस्थाहरूको भनाई छ ।

निक्षेपकर्ताहरूको रकम सुरक्षित रहेको र व्यक्तिगत खातामा रहेको ५ लाख रुपैयाँसम्मको बचत तथा मुद्दती निक्षेप सरकारद्वारा स्थापित ुनिक्षेप तथा कर्जा सुरक्षा कोषुमार्फत सुरक्षित रहेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

यस्तै, गलत अभिव्यक्ति दिने, समाजलाई त्रसित पार्ने तथा बैंकिङ सेवाबाट वञ्चित गराउने कार्य कानूनी दायरामा ल्याउन विज्ञप्तिमार्फत सरकारलाई आग्रह गरिएको छ ।

बैंकिङ क्षेत्रलाई विश्वास, सद्‌भाव र सहयोग पुर्‍याउने ग्राहक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा सेवा सुधार्ने प्रतिबद्धता समेत उनीहरुले जनाएका छन् ।