१६ श्रावण २०८३, शनिबार
,
Latest
राजनीतिलाई सत्ता र शक्तिको स्वार्थभन्दा माथि उठाउनुपर्छः गगनकुमार थापा सद्भाव र्‍याली लगत्तै सुनसरी र सिरहा घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनकपुरधाममा प्रदर्शन नेतृत्वमा करुणा र सहानुभुति हुनुपर्छः सभापति थापा सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंक तथा वित्तीय क्षेत्रबारे अराजक गतिविधि गर्नेलाई कानूनी दायरामा ल्याउन माग



अ+ अ-

काठमाडौँ । नेपाल बैंक तथा वित्तीय क्षेत्रका संघ संस्थाहरूले बैंक तथा वित्तीय क्षेत्र पारदर्शी र सुरक्षित रहेको बताएका छन् ।

नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले शुक्रबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै बैंकिङ क्षेत्रमा देखिएका अराजक गतिविधिबारे धारणा सार्वजनिक गरेका हुन् ।

केही अराजक गतिविधिहरू बैंकिङ क्षेत्रलाई खलबलाउन सक्रिय रहेको उल्लेख गर्दै उनीहरूले सामाजिक सञ्जालमा फैलाइएका गलत र भ्रामक सूचना प्रति ध्यान नदिन आग्रह पनि गरेका छन् ।

अन्तर्राष्ट्रिय बैंकिङ सिद्धान्त र नेपाल राष्ट्र बैंकका नीतिहरूको पूर्ण पालना गर्दै बैंकिङ क्षेत्र उदाहरणीय बनेको संघ संस्थाहरूको भनाई छ ।

निक्षेपकर्ताहरूको रकम सुरक्षित रहेको र व्यक्तिगत खातामा रहेको ५ लाख रुपैयाँसम्मको बचत तथा मुद्दती निक्षेप सरकारद्वारा स्थापित ुनिक्षेप तथा कर्जा सुरक्षा कोषुमार्फत सुरक्षित रहेको विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

यस्तै, गलत अभिव्यक्ति दिने, समाजलाई त्रसित पार्ने तथा बैंकिङ सेवाबाट वञ्चित गराउने कार्य कानूनी दायरामा ल्याउन विज्ञप्तिमार्फत सरकारलाई आग्रह गरिएको छ ।

बैंकिङ क्षेत्रलाई विश्वास, सद्‌भाव र सहयोग पुर्‍याउने ग्राहक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै, आगामी दिनमा सेवा सुधार्ने प्रतिबद्धता समेत उनीहरुले जनाएका छन् ।