१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक



अ+ अ-

काठमाडौँ। महाशिवरात्रीको अवसरमा फागुन १४ गतेबाट रिलिज हुने फिल्म ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा समेटेको छ।

१ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । टिजरमा सार्वजनिक संवादले चर्चा पाउने देखिन्छ । दशकसम्म नेपाली युवाको सपनाको स्तरमा कुनै परिवर्तन आएन । बरु, अहिले पनि युवा विदेश गएर जीवनलाई समृद्ध तुल्याउन सपना देखिरहेका छन् ।

फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ। रौनकविक्रम कँडेल निर्माता, एनी थापा सहनिर्माता र सुरजबम ठकुरी कार्यकारी निर्माता हुन् ।

यो फिल्म फागुन १४ गते शिवरात्रीमा प्रदर्शन तयारीमा छ ।

हेर्नुहोस टिजर