१० भाद्र २०८३, बुधबार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक



अ+ अ-

काठमाडौँ। महाशिवरात्रीको अवसरमा फागुन १४ गतेबाट रिलिज हुने फिल्म ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा समेटेको छ।

१ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत गरेको छ । टिजरमा सार्वजनिक संवादले चर्चा पाउने देखिन्छ । दशकसम्म नेपाली युवाको सपनाको स्तरमा कुनै परिवर्तन आएन । बरु, अहिले पनि युवा विदेश गएर जीवनलाई समृद्ध तुल्याउन सपना देखिरहेका छन् ।

फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ। रौनकविक्रम कँडेल निर्माता, एनी थापा सहनिर्माता र सुरजबम ठकुरी कार्यकारी निर्माता हुन् ।

यो फिल्म फागुन १४ गते शिवरात्रीमा प्रदर्शन तयारीमा छ ।

हेर्नुहोस टिजर