११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

ओलीप्रति प्रचण्डको कटाक्षः शेरबहादुरजीको कान र आँखा तगडा छन्, सरकार छोड्छु भनिराख्नु पर्दैन

ओलीप्रति प्रचण्डको कटाक्षः शेरबहादुरजीको कान र आँखा तगडा छन्, सरकार छोड्छु भनिराख्नु पर्दैन
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार अप्राकृतिक रहेको बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले यो सरकारमा रहेका दुई गठबन्धनबीच विश्वास नरहेको पनि बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भने ‘दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई प्रधानमन्त्री छोड्छु भनेर पटकपटक भन्नुपर्छ ? तपाईहरुमा साँच्चिकै विश्वास भए यो भनिराख्नु पर्दैन । के शेरबहादुरजीले सुन्नुहँदैन र ? शेरबहादुरजीको कान र आँखा तगडा छन् । धेरैपटक भन्नुपर्दैन ।’