१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीप्रति प्रचण्डको कटाक्षः शेरबहादुरजीको कान र आँखा तगडा छन्, सरकार छोड्छु भनिराख्नु पर्दैन



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार अप्राकृतिक रहेको बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले यो सरकारमा रहेका दुई गठबन्धनबीच विश्वास नरहेको पनि बताएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भने ‘दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई प्रधानमन्त्री छोड्छु भनेर पटकपटक भन्नुपर्छ ? तपाईहरुमा साँच्चिकै विश्वास भए यो भनिराख्नु पर्दैन । के शेरबहादुरजीले सुन्नुहँदैन र ? शेरबहादुरजीको कान र आँखा तगडा छन् । धेरैपटक भन्नुपर्दैन ।’