१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजिक सञ्जाल विधेयक आपत्तिजनक छः अध्यक्ष दाहाल



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जाल विधेयक आपत्तिजनक रहेको बताएका छन् ।

प्रतिनिधिसभामा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने‘ सामाजिक सञ्जाल प्रयोग र नियमनका लागि संसदमा दर्ता भएको विधेयक आपत्तिजनक छ । सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकहरुको स्वतन्त्रताको अभिव्यक्तिको हक मात्र कुन्ठित गर्दै छैन, प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजेको छ । यो विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवानाको तरवार झुण्डाइएको छ ।’