१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीअघि मार्कस स्टोइनिसले एकदिवसीय क्रिकेटबाट सन्यास लिए



अ+ अ-

काठमाडौँ । अस्ट्रेलियाका क्रिकेटर मार्कस स्टोइनिसले च्याम्पियन्स ट्रफीअघि एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।

योसँगै उनले च्याम्पियन्स ट्रफीमा भाग लिने छैनन् । यद्यपि उनले अष्ट्रेलियाबाट टी–२० क्रिकेट खेल्ने क्रम जारी राख्नेछन् ।

३५ वर्षीय क्रिकेटरले बिहीबार भने– ‘अष्ट्रेलियाका लागि एकदिवसीय क्रिकेट खेल्नु अविश्वसनीय यात्रा हो । मैदानमा बिताएका सबै पलहरूको लागि म आभारी छु ।’

स्टोइनिस दक्षिण अफ्रिकामा चलिरहेको एसए२० लिगमा डरबन सुपर जायन्ट्स टोलीको हिस्सा थिए, तर पछिल्लो खेलमा उनको ह्यामस्ट्रिङमा चोट लागेको थियो ।

स्टोइनिसलाई गत महिना जनवरी १३ मा च्याम्पियन्स ट्रफी खेल्न अष्ट्रेलियाको टोलीमा छनोट गरिएको थियो । क्रिकेट अष्ट्रेलियाले छिट्टै उनको प्रतिस्थापन घोषणा गर्नेछ । आईसीसीले फेब्रुअरी १२ लाई टोली परिवर्तनको अन्तिम मिति तोकेको छ ।

स्टोइनिस सन् २०२३ मा एकदिवसीय विश्वकप जित्ने अष्ट्रेलियाली टोलीको सदस्य थिए । उनले ६ खेलमा ८७ रन बनाएका थिए । यति मात्र होइन, बलिङमा पनि ४ विकेट लिए ।

उनले एकदिवसीय क्रिकेटमा ७१ खेलमा १४९५ रन बनाएका छन् । उनको उच्चतम स्कोर १४६ रहेको छ ।