१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालसहितको समर्थनले अध्यादेश पारित हुन्छः कांग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसदबाट पारित हुने दाबी गरेका छन् ।

बैठक बस्नुअघि बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले जसपा नेपालसँग कुरा मिलिसकेकाले जसपा नेपाल अध्यादेशको पक्षमा उभिने दाबी गरेका हुन् ।

‘प्रतिनिधिसभामा केही समस्या छैन । जसपा नेपालसहितको समर्थनमा अध्यादेश पारित हुन्छ,’ उनले भने ।

राष्ट्रिय सभाबाट पनि अध्यादेश पारित हुने उनको दाबी छ । ‘जसपा नेपालले समर्थन गर्छ । अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ,’ उनले भने ।