१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन् : निरज आचार्य बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास पठाइने बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित संसदमा प्रधानमन्त्रीको सम्बोधनः विपद् उद्धारमै सिमित, जलवायु न्यायको मुद्दा आझेलमा  मुग्लिन–नारायणगढ सडकखण्डमा साना ढुंगा खसे, सडक डिभिजनले सतर्क रहन आग्रह मलेसियाविरुद्ध नेपाल फिल्डिङमा, आज पनि उत्कृष्ट सुरुआत
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा नेपालसहितको समर्थनले अध्यादेश पारित हुन्छः कांग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसदबाट पारित हुने दाबी गरेका छन् ।

बैठक बस्नुअघि बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक घिमिरेले जसपा नेपालसँग कुरा मिलिसकेकाले जसपा नेपाल अध्यादेशको पक्षमा उभिने दाबी गरेका हुन् ।

‘प्रतिनिधिसभामा केही समस्या छैन । जसपा नेपालसहितको समर्थनमा अध्यादेश पारित हुन्छ,’ उनले भने ।

राष्ट्रिय सभाबाट पनि अध्यादेश पारित हुने उनको दाबी छ । ‘जसपा नेपालले समर्थन गर्छ । अध्यादेश राष्ट्रिय सभाबाट पनि पारित हुन्छ,’ उनले भने ।