२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

आक्रमणपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए सैफ



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि हालै घातक हमला भएको थियो । उनको शल्यक्रिया समेत गर्नुपरेको थियो ।

अभिनेता आक्रमणपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए । सैफ आफ्नो आगामी फिल्म ‘ज्वेल थीफ’ को टिजर सार्वजनिकमा पुगेका थिए । यस क्रममा सैफले आफ्नो घाँटी र हातमा प्लास्टर लगाएका थिए ।

फिल्म ‘ज्वेल थीफ’ को टिजर एक मिनेट सात सेकेन्डको छ, जसमा सैफसँगै जयदीप अहलावत पनि देखिएका छन् । चलचित्र प्रेम, एक्सन, सस्पेन्स र षड्यन्त्रको वरिपरि घुमेको अनुमान गर्न सकिन्छ ।

यस फिल्ममा सैफ अली खानले चोरको भूमिका निर्वाह गरेका छन् । सिद्धार्थ र ममता आनन्द फिल्म ज्वेल थीफ मार्फत आफ्नो ओटीटी प्लेटफर्म नेटफ्लिक्समा डेब्यू गर्दैछन् ।

पठान र वारजस्ता ब्लकबस्टर फिल्म दिएका निर्देशक सिद्धार्थ आनन्दले यो फिल्म निर्माण गरेका हुन् । यसमा सैफ अली खानसँग जयदीप अहलावत मुख्य भूमिकामा छन् । उनीसँगै नायिका निकिता दत्त पनि छिन् । फिल्मको रिलिज मितिबारे कुनै घोषणा गरिएको छैन ।

१५ जनवरीमा सैफ अली खानमाथि घरभित्रै चक्कु प्रहार गरिएको थियो । यो घटना मुम्बईको खारस्थित गुरु शरण अपार्टमेन्टको १२ औं तल्लामा बिहान २ः४५ बजे भएको हो । यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउको सहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो ।