१६ श्रावण २०८३, शनिबार
,
Latest
भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण ‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’ मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आक्रमणपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए सैफ



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि हालै घातक हमला भएको थियो । उनको शल्यक्रिया समेत गर्नुपरेको थियो ।

अभिनेता आक्रमणपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए । सैफ आफ्नो आगामी फिल्म ‘ज्वेल थीफ’ को टिजर सार्वजनिकमा पुगेका थिए । यस क्रममा सैफले आफ्नो घाँटी र हातमा प्लास्टर लगाएका थिए ।

फिल्म ‘ज्वेल थीफ’ को टिजर एक मिनेट सात सेकेन्डको छ, जसमा सैफसँगै जयदीप अहलावत पनि देखिएका छन् । चलचित्र प्रेम, एक्सन, सस्पेन्स र षड्यन्त्रको वरिपरि घुमेको अनुमान गर्न सकिन्छ ।

यस फिल्ममा सैफ अली खानले चोरको भूमिका निर्वाह गरेका छन् । सिद्धार्थ र ममता आनन्द फिल्म ज्वेल थीफ मार्फत आफ्नो ओटीटी प्लेटफर्म नेटफ्लिक्समा डेब्यू गर्दैछन् ।

पठान र वारजस्ता ब्लकबस्टर फिल्म दिएका निर्देशक सिद्धार्थ आनन्दले यो फिल्म निर्माण गरेका हुन् । यसमा सैफ अली खानसँग जयदीप अहलावत मुख्य भूमिकामा छन् । उनीसँगै नायिका निकिता दत्त पनि छिन् । फिल्मको रिलिज मितिबारे कुनै घोषणा गरिएको छैन ।

१५ जनवरीमा सैफ अली खानमाथि घरभित्रै चक्कु प्रहार गरिएको थियो । यो घटना मुम्बईको खारस्थित गुरु शरण अपार्टमेन्टको १२ औं तल्लामा बिहान २ः४५ बजे भएको हो । यस आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउको सहित ६ स्थानमा छुरा प्रहार गरिएको थियो ।