११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

लखनउ सुपर जायन्ट्सले इंग्ल्याण्डमा टिम किन्यो, कति पैसा बगायो ?

लखनउ सुपर जायन्ट्सले इंग्ल्याण्डमा टिम किन्यो, कति पैसा बगायो ?
अ अ+ अ-

एजेन्सी । आईपीएल फ्रेन्चाइज लखनऊ सुपर जायन्ट्सको स्वामित्वमा रहेको आरपीएसजी समूहले सोमबार इंग्लिस लिग द हन्ड्रेड टोली म्यानचेस्टर ओरिजिनल्स सञ्चालन गर्न लन्काशायरसँग साझेदारी गर्ने अधिकार प्राप्त गरेको छ ।

क्रिकइन्फोका अनुसार सञ्जीव गोयन्काको आरपीएससी समूहले अङ्ग्रेजी फ्रन्चाइजीमा ४९ प्रतिशत सेयर खरिद गर्न करिब १२५२ करोड रुपैयाँको उच्च बोली लगायो ।

समूहले शुक्रबार ‘लन्डन स्पिरिट’को लागि असफल बोली लगाएको थियो । यो लिलामी सिलिकन भ्यालीको टेक कन्सोर्टियमले जित्यो ।

‘म एउटा राम्रो साथीको खोजीमा थिएँ । आरपीएसजी समूह केहि समयको लागी हाम्रो मनपर्ने बोलीकर्ता भएको छ । हामी यो नतिजाबाट धेरै खुसी छौं। हामी सँगै राम्रो भविष्य सिर्जना गर्न उत्साहित छौं । हाम्रो संयुक्त लक्ष्य म्यानचेस्टर र उत्तर पश्चिम क्षेत्रका मानिसहरूका लागि विशेष क्रिकेट टोली सिर्जना गर्ने हो ।’ लङ्कशायरले एक विज्ञप्ति जारी गर्दै भन्यो ।

दुबै पक्षहरू (लङ्कशायर र आरपीएसजी समूह) अब ८ हप्तासम्म सम्झौताका सर्तहरू छलफल गर्नेछन् । ल्याङ्कशायरले यसअघि आफ्नो ५१ प्रतिशत सेयर बेच्नेबारे छलफल गर्न खुला रहेको सुझाव दिएको थियो ।

आरपीएसजी समूहका अध्यक्ष र संस्थापक गोयन्काले २०२२ मा २०२२ मा डरबन फ्रेन्चाइजी किन्नु अघि २०२१ को आईपीएलमा लखनउको फ्रेन्चाइजी ७,०९० करोडमा किनेका थिए ।

यसअघि उनी राइजिङ पुणे सुपरजायन्टका मालिक पनि थिए । यो समूहले २०१६ र २०१७ (दुई) सिजनहरूमा भाग लिएको थियो, जब चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स निलम्बित थिए ।