२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले…
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नो केबलकार’ समूह र सरकारबीच आज पनि वार्ता



अ+ अ-

काठमाडौं । ताप्लेजुङ्गको पाथीभरा मन्दिरसम्म पुग्ने केबलकार निर्माणमा विरोध जनाईरहेका आन्दोलनरत पक्ष र सरकारबीच आज पनि वार्ता हुँदै छ ।

सोमबार राति अबेरसम्म चलेको वार्ता निष्कर्षविहीन भएपछि आज दोस्रो दिन पनि वार्तामा बसेको हो ।

ललितपुरको हिमालय होटलमा बसेको पहिलो वार्तामा संघर्षरत पक्षले केबलकार निर्माण कार्य रोक्न माग गरेको थियो । पहिलो दिनको वार्ता निष्कर्षमा नपुगेपछि आज विहान ११ बजे बस्ने गरी बोलाईएको थियो ।

केबलकार निर्माणका विषयमा स्थानीयले उठाएका माग र विकास निर्माणको काम हुने गरी सरकारले गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको नेतृत्वमा वार्ता समिति बनाएको थियो । सरकारले वार्ता टोलि बनाएसँगै आन्दोलनरत पक्षले पनि अमर तुम्याहाङको संयोजकत्वमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक सदस्य रहेको ४ सदस्य सहजीकरण समिति भन्दै वार्ता टोलि बनाएको थियो ।