२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म‘दुःखी आत्मा’ को ट्रेलर सार्बजनिक



अ+ अ-

काठमाडौं। टिजर, गीतसंगीत र ब्रेकअप कविताका कारण दर्शकको ध्यान तान्न सफल फिल्म ‘दुःखी आत्मा’को ट्रेलर निर्माण पक्षले सार्वजनिक गरेको छ ।

एडल्ट ड्रामा शैलीको यो फिल्म प्रेम, नोकझोंक र यौन मनोविज्ञानको कथावस्तुमा केन्द्रित छ । ट्रेलरमा दयाहाङ र आँचलको रोमान्स, द्वन्द्व, हास्य र गहिरा संवाद प्रस्तुत गरिएको छ, जुन दयाहाङले अघिल्ला फिल्महरू भन्दा भिन्न रूपमा रोमान्टिक तर पीडित पात्रको भूमिका निर्वाह गरेका छन् ।

ट्रेलरमा समावेश गरिएको एक कवितामा भनिएको छ–‘नदीले बगरलाई सोधिन्, के तिमीलाई प्यास लाग्दैन । बगरले नदिलाई जवाफ दिइन्–‘युगौदेखि म आँखाले प्यास मेटेर बाँचिरहेछु ।’

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्दे र कवीर काफ्का लगायतका कलाकारको अभिनय छ।

क्लर्क वर्क क्रियशनको व्यानरमा निर्माण भएको यो फिल्म फागुनको २ गते प्रेम दिवसको अवसर पारेर रिलिजमा आउँदैछ।

हेर्नुहोस भिडियो: