११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन नागरिक उन्मुक्तिको मधेसवादी दलहरुसँग आग्रह

टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन नागरिक उन्मुक्तिको मधेसवादी दलहरुसँग आग्रह
अ अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेसवादी राजनीतिक दलहरुको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ ।

सोमवार सिंहदरबारमा मधेसवादी ८ राजनीतिक दलहरुको बैठकमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिदिन कार्यदलसमक्ष आग्रह गरेको बताउनु भयो । उहाँकाअनुसार बैठकमा नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाका बारेमा विभिन्न कुराहरु राखेको जानकारी दिनुभयो ।

मधेसवादी ८ राजनीतिक दलहरु मिलेको मोर्चाको नामका बारेमा पनि बैठकमा छलफल भएको बताउनु भयो । समान मुद्दा बोकेका राजनीतिक दलहरुको बैठक र एक आपसमा छलफल हुनु स्वभाविक भएको बतउनु भयो । मोर्चाले विशेषतः समान मुद्दालाई संसद र सरकारसमक्ष कसरी उठाउने भन्ने बारेमा पनि छलफल गरेको बताउनु भयो । वगतमा भइ आएका घटनालाई अहिलेको राज्यले हेर्ने दृष्टिकोण र अहिलेसम्म पनि किनारा नलागेका विषयहरुमा छलफल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समान मुद्दा भएका राजनीतिक दलहरुको आठ दलीय कार्यदलको एउटा मोर्चा बनेको छ । यो मोर्चाले विशेषतः समान मुद्दालाई संसद र सरकारसमक्ष कसरी उठाउने भनेर बनेको कार्यदलले विगतमा भइ आएका घटनालाई अहिलेको राज्यले हेर्ने दृष्टिकोण र अहिलेसम्म पनि किनारा नलागेको अवस्थामा आठ दलको बैठक बस्यो । यसमा आठ दलको कार्यदलको बैठक जुन हो, त्यहाँ आफ्ना विषय राखेको हो । धेरैलाई यो सरकारको बिरुद्धको बैठक जस्ता धेरै अभिव्यक्ति आएका छन् । त्यस्तो होइन ।

आठ दलको कार्यदलभित्र नागरिक उन्मुक्तिले हिजो टिकापुर घटना भइरहँदा टिकापुर घटनामा झटा मुद्दा लगाइएका अहिले पनि ५८ जनामाथि झुटा मुद्दा लगाइएको थियो, २८ जना जेलमा बस्यौँ हामी । ३० जना फरारको सूचिमा हुनुहुन्छ । ३ सय जनाको नाम र ठेगाना मिलेन भनेर अझै पनि त्यो मुद्दाको तामेलीमा छ । जुनसुकै बेला नाम ठेगाना प्रमाणित भए तिनीहरुमाथि पनि मुद्दा लाग्नसक्छ । त्यो थरुहट आन्दोलनको लाल आयोगको प्रतिवेदन किन सार्वजनिक गरिएन, त्यो पनि उठाइदिनुस्, राख्दिनुस् । राख्नुहुन्छ की राख्नुहुन्न । मोर्चाको नामका विषयमा पनि कुराकानी भयो ।’

उहाँले सरकारले ल्याएको समाजिक सञ्जाल सम्बन्धी अध्यादेश समग्रमा राम्रो रहेको बताउनु भयो । भूमि सम्बन्धी अध्यादेशप्रति भने पार्टीको असन्तुष्टि रहेको बताउनु भयो ।