१३ श्रावण २०८३, बुधबार
,
Latest
नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पदाधिकारी बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि पदाधिकारीकै हैसियतमा सहभागी



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक खुमलटारमा बसिरहेको छ ।

बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी छन् । बैठकमा उनी पार्टी पदाधिकारीकै हैसियतमा सहभागी भएका हुन् ।

पुन गत पुस २१ गतेको केन्द्रीय समिति बैठकमा पनि सहभागी भएका थिए । त्यहाँ उनी उपाध्यक्षको रोलक्रममा बसेका थिए ।

सक्रिय राजनीतिमा फर्किने चर्चाकाबीच केन्द्रीय समिति बैठकमा सहभागी भएका पुन त्यसअघिको एक पदाधिकारी, एक स्थायी कमिटी बैठकमा पनि सहभागी भइसकेका थिए ।

पुनलाई सक्रिय राजनीतिमा फर्काउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै लागिपरेको बुझिन्छ । उपराष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्किन नहुने भन्ने आलोचनामा अध्यक्ष दाहालले पुन आफ्नै चाहनाले राजनीतिमा फर्किन लागेको प्रतिक्रिया दिएका थिए ।

पुनलाई पार्टी उपाध्यक्ष बनाउने अध्यक्ष दाहालको चाहना रहेको बताइन्छ ।