५ पुष २०८२, शनिबार
,
Latest
युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानबाट उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमान बिग्रियो



फाईल फोटो
अ+ अ-

काठमाडौं । जापानमा नेपाल एयरलाइन्सको आरए ४३४ नम्बरको बाइडबडी विमान बिग्रिएको छ ।

नेपाली समय अनुसार बिहान ६ः१० बजे उडान भर्न लागेको विमानको ‘टायर पन्चर’ भएपछि उडान हुन नसकेको हो ।

विमानको ‘टायर ब्लास्ट’ भएपछि उडान हुन नसकेको नेपाल वायुसेवा निगमका प्रवक्ता (प्राविधिक) मनोज कुमार ठाकुरले जानकारी दिए । विमान मर्मत गर्न यहीँबाट प्राविधिक लिएर जाने कि उतै मर्मत गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।

उनले भने, ‘यताबाट प्राविधिक लैजाने कि उतैको प्राविधिक लगाएर मर्मत गर्ने भन्नेबारे हामी छलफल गरिरहेका छौं, निर्णय गरेर मर्मत अगाडी बढाउँछौं।’