पोखरा । गण्डकी प्रदेशमा भोलि मंगलबार सार्वजनिक बिदा दिइएको छ ।
प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाइएको छ ।










