५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमोडा एण्ड जेइकोको नयाँ शोरुम बसुन्धारामा



अ+ अ-

काठमाडौं। ओमोडा एन्ड जेको कम्पनीको लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ओमोडा जेकोको बसुन्धारा शोरुम उद्घाटन गरेको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शोरुम उद्घाटन गरेका थिए । घिसिङले एबिटी मोटर्स प्रालिले यो एक्सचेन्ज क्याम्पले सबै ग्राहकहरूलाई उनीहरूको सपनाको कार घरमा चलाउन अवसर प्रदान गर्ने बताए ।

विद्युतीय सवारी साधान ग्राहकका लागि फाइदा हुनेहुँदा आकर्षणको केन्द्र बन्दै गएको बताउँदै कार्यकारी निर्देशक घिसिङले भने ‘नेपालमै उत्पादित विद्युत खपत हुन गई पेट्रोलियम पदार्थको आयात कम गर्न र व्यापार घाटा कम गराउन ईभीले ठूलो भूमिका खेलेको छ । प्रतिकिलोमिटर ईभीमा अधिकतम डेढदेखि दुई रुपैयाँसम्म पर्नेमा पेट्रोलियम गाडीमा यो १० देखि १५ पर्ने देखिएको छ । यसले गर्दा पनि ईभी नेपालका लागि राम्रो रहेको छ । यसकाे भविष्य राम्राे छ ।’

एसपीजी अटोमोबाइल्सका निर्देशक शारडाले छोटो समयमै नेपालमा ओमोडा जेको अत्यधिक रुचाइएको र ८०० भन्दा बढी युनिट बिक्री भइसकेको जानकारी दिए । एबीटी मोटर्सका श्रेष्ठले ओमोडा गाडीको आधिकारिक वितरक र ग्राहकबीच ईभीको बढ्दो मागलाई पूर्ति गर्न पाउँदा खुसी व्यक्त गरे।