२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमोडा एण्ड जेइकोको नयाँ शोरुम बसुन्धारामा



अ+ अ-

काठमाडौं। ओमोडा एन्ड जेको कम्पनीको लागि नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले ओमोडा जेकोको बसुन्धारा शोरुम उद्घाटन गरेको छ ।

काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शोरुम उद्घाटन गरेका थिए । घिसिङले एबिटी मोटर्स प्रालिले यो एक्सचेन्ज क्याम्पले सबै ग्राहकहरूलाई उनीहरूको सपनाको कार घरमा चलाउन अवसर प्रदान गर्ने बताए ।

विद्युतीय सवारी साधान ग्राहकका लागि फाइदा हुनेहुँदा आकर्षणको केन्द्र बन्दै गएको बताउँदै कार्यकारी निर्देशक घिसिङले भने ‘नेपालमै उत्पादित विद्युत खपत हुन गई पेट्रोलियम पदार्थको आयात कम गर्न र व्यापार घाटा कम गराउन ईभीले ठूलो भूमिका खेलेको छ । प्रतिकिलोमिटर ईभीमा अधिकतम डेढदेखि दुई रुपैयाँसम्म पर्नेमा पेट्रोलियम गाडीमा यो १० देखि १५ पर्ने देखिएको छ । यसले गर्दा पनि ईभी नेपालका लागि राम्रो रहेको छ । यसकाे भविष्य राम्राे छ ।’

एसपीजी अटोमोबाइल्सका निर्देशक शारडाले छोटो समयमै नेपालमा ओमोडा जेको अत्यधिक रुचाइएको र ८०० भन्दा बढी युनिट बिक्री भइसकेको जानकारी दिए । एबीटी मोटर्सका श्रेष्ठले ओमोडा गाडीको आधिकारिक वितरक र ग्राहकबीच ईभीको बढ्दो मागलाई पूर्ति गर्न पाउँदा खुसी व्यक्त गरे।