२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

नेपाल–चीन सांस्कृतिक तथा मित्रता झल्किने वृत्तचित्र काठमाडौँमा

नेपाल–चीन सांस्कृतिक तथा मित्रता झल्किने वृत्तचित्र काठमाडौँमा
अ अ+ अ-

काठमाडौँ: नेपाल–चीन सांस्कृतिक तथा परम्परागत मित्रतालाई उजागर गर्ने उद्देश्यले आइतबार काठमाडौँको दरबार हाइस्कूलमा छोटो तथा लामो वृत्तचित्र प्रदर्शन गरिएको छ ।

चाइना मिडिया ग्रुप (सीएमजी) ले तयार पारेका यी वृत्तचित्रमा नेपालको सीमा क्षेत्रमा अवस्थित तिब्बत अर्थात् सिचाङ स्वशासित क्षेत्रका तिब्बती भिक्षुहरूको दैनिकी, जीवनशैली, नेपाल–चीन हिमाली क्षेत्रको पर्यावरण, तिब्बती आली प्रिफेक्चर र नेपालका हुम्लालगायत सीमावर्ती जिल्लाबीचको सीमा व्यापार, सिचाङमा आधुनिक कृषि प्रणालीको उन्नयनलगायत अहिले तीव्र गतिमा विकसित भइरहेको एआई प्रविधिको सहयोगमा निर्मित नेपाल–चीन सम्पदा संवाद र चिनियाँ नव वर्ष गालासम्बन्धी मनोरञ्जनात्मक सामग्री रहेका छन् ।

रानीपोखरीस्थित दरबार हाइस्कूल २०७२ को भूकम्पमा ध्वस्त भएपछि चीन सरकारकै सहयोगमा पुनःनिर्माण गरिएको हो । चीनको शाङ्हाई कन्स्ट्रक्सनले ठेक्का पाएको यो चार तले स्कुलमा ४० कक्षा कोठा रहेका छन् । “विद्यालय भवन आफैँमा नेपाल चीन मित्रताको पर्याय हुँदै हो, त्यसमाथि आपसी मैत्री आयाम समेटिएका वृत्तचित्र देखाइँदा विद्यार्थीमा अन्तरदेशीय जानकारी हासिल गर्न सहज र प्रभावकारी भयो”– विद्यालयका शिक्षक निश्चल अधिकारी भन्नुहुन्छ ।

अब नेपाल चीन सम्बन्धमा अग्ला हिमालको तगारो नरहेको बताउँदै सीएमजी नेपाली सेवाका पत्रकार लक्ष्मी लम्सालले विज्ञान प्रविधिको तीव्र विकासले विश्व बुझ्न धेरै सहयोग पुगेको बताउनुभयो । नेपाल चीन सम्बन्धमा इतिहासदेखि वर्तमानसम्म बुद्धभद्र, सुआन चाङ, भृकुटी, फा सियान, अरनिकोलगायत मूर्त अमूर्त सांस्कृतिक र जनस्तरीय आदानप्रदानका प्रामाणिक लिखत र चिन्ह रहेकाले अन्तर्देशीय सम्बन्ध छर्लङ्ग रहेको उहाँको भनाइ छ ।

प्रदर्शित भिडियोमध्ये चीन र नेपालका सङ्ग्रहालयको संवाद एआई प्रविधिको सहयोगमा बनाइएको छ । जसमा चिनियाँ र नेपाली मुकुण्डोले एक अर्काका पुराना परम्परा र इतिहास एवं मिल्दाजुल्दा पक्षबारे जानकारी दिएको छ । अर्को छोटो भिडियामा नेपाल र चीनबीचको बुद्ध धार्मिक ऐतिहासिक मित्रताको सङ्केत गर्न चीनको मोकाउ गुफा र नेपालको बौद्धनाथबीच संवाद गराइएको छ ।

त्यस्तै नेपालको एकसिङ्गे गैँडा र चीनको पाण्डा, चिनियाँ र नेपाली चियाबीचको सभ्यता र इतिहास झल्काउने विषयवस्तुका साथै हजार वर्ष अगाडिको सिल्क रोडको पुनः स्मरण गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को गैर–भौतिक सांस्कृतिक सम्पदामा सूचिकृत भएपछिको चिनियाँ नव वर्ष स्प्रिङ फेस्टिभल विश्व चासोको विषय बनेको छ । यसै सन्दर्भमा अघिल्लो वर्षको वसन्त चाड गाला प्रदर्शन गरिएको थियो । प्रदर्शित नव वर्ष गालामा चिनियाँ नवाचार, वैज्ञानिक तथा प्राविधिक चमत्कार, कुङ्फु कलालगायत परम्परागत चिनियाँ शैलीका सामग्रीले गहिरो छाप पारेको भिडियो हेरेका बालबालिकाले बताए ।रासस