२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप

ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप
अ अ+ अ-

काठमाडौं। ज्ञान निकेतन, नेरिक एकेडेमी र रोज बडले १० औं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।

ज्ञान निकेतन सिनियर ब्वाइज, नेरिक एकेडेमी जुनियर ब्वाइज र रोज बड सिनियर गल्र्समा च्याम्पियन बने । बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ज्ञान निकेतनले नेरिकलाई ४२–३० ले पराजित ग¥यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले १३ अंक जोडे ।

जुनियर ब्वाइजको फाइनलमा नेरिकले ज्ञान निकेतनलाई ३२–२२ ले हरायो । नेरिकका सविन खत्रीले १२ स्कोर गरे । सिनियर गल्र्सको उपाधि भिडन्तमा रोज बडले मातृभूमिलाई १६–१४ ले पाखा लगायो । रोज बडकी अविस्का थापाले ८ अंक जोडिन् ।

सिनियर ब्वाइजमा ज्ञान निकेतनका सवाज मन्सुर खान, जुनियर ब्वाइजमा सविन खत्री र सिनियर गल्र्समा अविस्का थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा नेरिकका सुशल मगर, जुनियर ब्वाइजमा ज्ञान निकेतनका करण राई र सिनियर गल्र्समा मातृभूमिकी श्रृति कुटु प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

सिनियर ब्वाइजमा क्याम्पियन काठमाडौं, जुनियर ब्वाइजमा काभ्या र सिनियर गल्र्समा नेपाल मेगाले अनुशासित टिमको उपाधि हात पारे ।विजेतालाई काठमाडौं महानगरपालिका वडा १० का अध्यक्ष रामकुमार केसी र सदस्य सतिश तण्डुकार, बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठ, इनोभेटिभका निर्देशक हर्क थापा, प्रिन्सिपल विजय थापा, भाइस प्रिन्सिपल तस्निम मुजैदलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

माघ १३ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा १० र सियिनर गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।