२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञान निकेतन, नेरिक र रोज बडलाई इनोभेटिभ कप



अ+ अ-

काठमाडौं। ज्ञान निकेतन, नेरिक एकेडेमी र रोज बडले १० औं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।

ज्ञान निकेतन सिनियर ब्वाइज, नेरिक एकेडेमी जुनियर ब्वाइज र रोज बड सिनियर गल्र्समा च्याम्पियन बने । बुद्धनगरस्थित आयोजक इनोभेटिभको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ज्ञान निकेतनले नेरिकलाई ४२–३० ले पराजित ग¥यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले १३ अंक जोडे ।

जुनियर ब्वाइजको फाइनलमा नेरिकले ज्ञान निकेतनलाई ३२–२२ ले हरायो । नेरिकका सविन खत्रीले १२ स्कोर गरे । सिनियर गल्र्सको उपाधि भिडन्तमा रोज बडले मातृभूमिलाई १६–१४ ले पाखा लगायो । रोज बडकी अविस्का थापाले ८ अंक जोडिन् ।

सिनियर ब्वाइजमा ज्ञान निकेतनका सवाज मन्सुर खान, जुनियर ब्वाइजमा सविन खत्री र सिनियर गल्र्समा अविस्का थापा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा नेरिकका सुशल मगर, जुनियर ब्वाइजमा ज्ञान निकेतनका करण राई र सिनियर गल्र्समा मातृभूमिकी श्रृति कुटु प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।

सिनियर ब्वाइजमा क्याम्पियन काठमाडौं, जुनियर ब्वाइजमा काभ्या र सिनियर गल्र्समा नेपाल मेगाले अनुशासित टिमको उपाधि हात पारे ।विजेतालाई काठमाडौं महानगरपालिका वडा १० का अध्यक्ष रामकुमार केसी र सदस्य सतिश तण्डुकार, बास्केटबल प्रशिक्षक नृपेश श्रेष्ठ, इनोभेटिभका निर्देशक हर्क थापा, प्रिन्सिपल विजय थापा, भाइस प्रिन्सिपल तस्निम मुजैदलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

माघ १३ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा १० र सियिनर गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।