१३ श्रावण २०८३, बुधबार
,
Latest
नेपालमा बाघको सङ्ख्या ४२९ शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक सामाजिक सद्भाव र शान्ति सुव्यवस्था कायम गर्न राजनीतिक दलहरू एकमतः रवि लामिछाने सुनसरी घटना समाधान गर्न प्रधानमन्त्रीज्यूले विशेष र यथेष्ट पहल लिइरहनुभएको छ : अर्थमन्त्री डा. वाग्ले प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला मात्रै बिउँझिन्छन्’ स्वास्थ्यकर्मी सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, नियमित बैठक बस्ने निर्णय नेता गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गर्न सानेपा पुगे रवि लामिछाने शान्ति, सुव्यवस्था र सद्भाव कायम गरौँ : सभापति थापा सुनसरी घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन पूर्वगृहमन्त्री अर्यालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ अर्ब ४ करोड बराबरको अनलाइन जुवा सट्टावाजी गर्ने समूह पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले बेटिङ एपमार्फत ठूलो रकम अनलाइन (जुवा) सट्टावाजी गर्ने समूहलाई पक्राउ गरेको छ ।

विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरु अन्तर्गत ८ भन्दा बढी बेटिङ साइटहरुको प्रयोग गरी हारजित भएको रकम भारतको विभिन्न बैंक खाताबाट डिपोजिट/विदड्र गरी अनलाइन जुवा खेलाउने कार्यमा संलग्न रहेका १० भारतीय र १४ जना नेपालीसहित २४ जनालाई पक्राउ गरेको हो ।

उनीहरुसँग बरामद गरिएको ल्यापटप तथा मोबाइलको प्रारम्भिक अनुसन्धान गर्दा ३ अर्ब ४ करोड ७३ लाख ६ सय रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतका अजित कुमार, मुकेश मण्डल, मनोज कुमार बजाज, सुमित खत्री, प्रबात कुमार साह, ओम प्रकाश खत्री, रवि प्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय, मनोज कुमार रहेका छन् । यस्तै, १४ जना नेपालीमा टंक बहादुर पछाई, तेज बोगटी, लक्ष्मण विस्ट, अविनाश जि.सि., हरि बहादुर जिसि, समिर खड्का, बिक्रम पछाई, अशोक जिसि, भिष्म वली, हेमन्त लोहनी गौतम, गोपाल बिस्ट, सुजन जिसि, हेमन्त धामी, र रवि बिस्ट रहेका छन् ।

उनीहरुले ललितपुरको सानेपामा दुई वटा घर भाडामा लिई व्यावसायिक तबरले अनलाई जुवा खेल्ने–खेलाउने गर्दै आएका थिए ।

उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।