२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागर ग्रुपले आईटी एक्स्पो गर्ने



अ+ अ-

काठमाडौँ । सूचना प्रविधी क्षेत्रमा लगातार तिन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २३ गते देखि माघ २९ गतेसम्म आफ्नो कर्पोरेट हाउस कलंकीमा एक विशेष प्रविधी मेला आयोजना गर्ने भएको छ ।

बेलियो एक्सपिरियन्स, टेक्नोलोजी एण्ड लाईफस्टायल नाउँ दिएर सागर ग्रुपले आयोजना गर्ने यो प्रविधी मेलाको तेश्रो संस्करण हो ।

सागर ग्रुपले आफ्ना ग्राहक, विक्रेता, पत्रकार, शुभेच्छुक लाई भेला पार्दै सूचना प्रविधीका विभिन्न प्रगतीहरु, नयाँ उत्पादन र बजारका बारेमा वान टु वान छलफल गर्ने गरि यस्तो मेला प्रत्येक बर्ष आयोजना गर्ने गरेको छ ।

यस मेलाले ब्राण्ड र ग्राहकबीचको सामिप्यता अझ गहिरो बनाउने सागर ग्रुपका भाईस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरको बुझाई रहेको छ ।

देशभर बाट क्यान इन्फोटेक भ्रमण अवलोकन गर्न आउने आगन्तुकलाई समेत लक्षित गर्दै उनीहरुको सहजताको लागि क्यान इन्फोटेककै समयमा संचालन गरिने यस मेलामा सागर ग्रुपका विभिन्न ब्राण्ड तथा उत्पादनका बारेमा थप र विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

यस मेलामा विभिन्न ब्राण्डका प्रतिनिधी, सेल्स रिप्रिजेन्टेटीभ र टेक्निसियनहरु समेत मेला स्थलमा उपलब्ध भई उत्पादन तथा सेवाका बारेमा विस्तृत जानकारी उपलब्ध गराउने आयोजकको विश्वास छ ।

सागर ग्रुपको यो प्रविधी मेलामा ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनइसी, माईक्रोप्याक, एक्स ल्याब, सिमी भोग, आईडीपी, जेबेक्स, टोटोलिङ्क, हनिवेल, सिओ लगायतका ब्राण्डहरु रहनेछन् ।

सम्बन्धित ब्राण्डका उच्च प्रतिनिधीहरुले हरेक अवलोकनकर्ता तथा जिज्ञासुलाई आवश्यक जानकारी तथा सेवा प्रदान गरी संचालन गरिने मेलाले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यस मेलामा उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरुले अतिरिक्त छुट तथा सेवा समेत प्राप्त गर्नेछन् भने मेला लक्षित गरि ब्रदर तथा कोनिका मिनोल्टाले नयाँ उत्पादनहरु समेत लन्च गर्दैछन् ।

यस कार्यक्रमा सहभागिलाई विभिन्न किसिमका टे«निङ्हरु समेत प्रदान गरिने छ ।

प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजे सम्म ७ दिन सम्म सञ्चालन हुने यो एक्स्पोमा भ्रमण अवलोकन गर्ने आगन्तुकहरुलाई हाईटी तथा गिफ्ट ह्याम्पर प्रदान गरिने छ भने उपस्थित मध्येबाट एक जनालाई लक्कि ड्र को माध्यमबाट एक्स ल्याव ल्यापटप उपहार प्रदान गरिनेछ ।




भर्खरै