१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सागर ग्रुपले आईटी एक्स्पो गर्ने



अ+ अ-

काठमाडौँ । सूचना प्रविधी क्षेत्रमा लगातार तिन दशकदेखि सक्रिय रहँदै आएको सागर ग्रुपले आगामी माघ २३ गते देखि माघ २९ गतेसम्म आफ्नो कर्पोरेट हाउस कलंकीमा एक विशेष प्रविधी मेला आयोजना गर्ने भएको छ ।

बेलियो एक्सपिरियन्स, टेक्नोलोजी एण्ड लाईफस्टायल नाउँ दिएर सागर ग्रुपले आयोजना गर्ने यो प्रविधी मेलाको तेश्रो संस्करण हो ।

सागर ग्रुपले आफ्ना ग्राहक, विक्रेता, पत्रकार, शुभेच्छुक लाई भेला पार्दै सूचना प्रविधीका विभिन्न प्रगतीहरु, नयाँ उत्पादन र बजारका बारेमा वान टु वान छलफल गर्ने गरि यस्तो मेला प्रत्येक बर्ष आयोजना गर्ने गरेको छ ।

यस मेलाले ब्राण्ड र ग्राहकबीचको सामिप्यता अझ गहिरो बनाउने सागर ग्रुपका भाईस चेयरपर्सन बुद्ध लक्ष्मी मानन्धरको बुझाई रहेको छ ।

देशभर बाट क्यान इन्फोटेक भ्रमण अवलोकन गर्न आउने आगन्तुकलाई समेत लक्षित गर्दै उनीहरुको सहजताको लागि क्यान इन्फोटेककै समयमा संचालन गरिने यस मेलामा सागर ग्रुपका विभिन्न ब्राण्ड तथा उत्पादनका बारेमा थप र विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।

यस मेलामा विभिन्न ब्राण्डका प्रतिनिधी, सेल्स रिप्रिजेन्टेटीभ र टेक्निसियनहरु समेत मेला स्थलमा उपलब्ध भई उत्पादन तथा सेवाका बारेमा विस्तृत जानकारी उपलब्ध गराउने आयोजकको विश्वास छ ।

सागर ग्रुपको यो प्रविधी मेलामा ब्रदर, कोनिका मिनोल्टा, क्यास्परस्की, एनइसी, माईक्रोप्याक, एक्स ल्याब, सिमी भोग, आईडीपी, जेबेक्स, टोटोलिङ्क, हनिवेल, सिओ लगायतका ब्राण्डहरु रहनेछन् ।

सम्बन्धित ब्राण्डका उच्च प्रतिनिधीहरुले हरेक अवलोकनकर्ता तथा जिज्ञासुलाई आवश्यक जानकारी तथा सेवा प्रदान गरी संचालन गरिने मेलाले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

यस मेलामा उत्पादन तथा सेवा खरिद गर्ने ग्राहकहरुले अतिरिक्त छुट तथा सेवा समेत प्राप्त गर्नेछन् भने मेला लक्षित गरि ब्रदर तथा कोनिका मिनोल्टाले नयाँ उत्पादनहरु समेत लन्च गर्दैछन् ।

यस कार्यक्रमा सहभागिलाई विभिन्न किसिमका टे«निङ्हरु समेत प्रदान गरिने छ ।

प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ५ बजे सम्म ७ दिन सम्म सञ्चालन हुने यो एक्स्पोमा भ्रमण अवलोकन गर्ने आगन्तुकहरुलाई हाईटी तथा गिफ्ट ह्याम्पर प्रदान गरिने छ भने उपस्थित मध्येबाट एक जनालाई लक्कि ड्र को माध्यमबाट एक्स ल्याव ल्यापटप उपहार प्रदान गरिनेछ ।