१४ श्रावण २०८३, बिहीबार
,
Latest
सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन आपसी सद्भाव, एकता र सहकार्यलाई कायम राख्न शेरबहादुरको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्छः सांसद सापकोटा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गैरआवासीय नेपाली (एनआरएन)लाई वंशजको आधारमा नागरिकता दिनुपर्ने बताउनुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एनआरएन पनि नेपाली नै भएकाले वंशजको नागरिकता दिनुपर्ने माग गर्नुभयो । उहाँले एनआरएन विदेशमा काम गर्न गएका र नेपालमा आउँदा भिसा लाग्ने प्रणाली हटाउनुपर्ने बताउनु भयो । उहाँले सरकारले अध्यादेशमार्फत ल्याएको आमाको नामबाट नागरिकता पाउने कुरा स्वागतयोग्य रहेको बताउनु भयो । उहाँले आर्थिक स्थिति वृद्धि गर्नका लागि धेरै कानूनहरु निर्माण गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आमाको नामबाट नागरिकता बन्ने जुन अध्यादेश आएको छ । यो एकदमै राम्रो छ । एनआरएनका साथीहरुलाई पनि वंशजको नागरिकता दिनुपर्छ । किनभने उनीहरु नेपाली हुन् । विदेशमा काम गर्नको निम्ति गएका हुन् । उनीहरुलाई वंशजको नामबाट नागरिकता दिनुपर्छ र नेपालमा आउँदाखेरी आफ्नो देशमा भिसा लाग्ने सिस्टम हटाउन आग्रह गर्दछु । आर्थिक स्थिति वृद्धि गर्नका लागि हामीले धेरै कानूनहरु निर्माण गर्नुछ । ४० वटा जति विधेयक, त्यत्तिकै अल्झिएर रहेका छन् । विधेयक पास गर्नु मात्रै ठूलो कुरा होइन, कार्यान्वयन गर्नुपर्छ ।’

उहाँले दुई दलले मात्रै संविधान संशोधन हुन नसकेपनि सबै राजनीतिक दलहरुसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने बताउनु भयो । संविधान संशोधनमार्फत नागरिकलाई सहज सेवा दिनु सबै राजनीतिक दलहरुको भुमिका महत्वपूर्ण हुने बताउनु भयो ।